News

Mar 4, 2010

लडाकु विवरण दिन अनमिन सकारात्मक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विभिन्न शिविरहरुमा रहेका पूर्व माओवादी लडाकुहरुबारे सरकारलाई सूचना उपलब्ध गराउन संयुक्त राष्ट्र संघीय मिसन अनमिन सकारात्मक बनेको सरकारका एकजना वरिष्ठ अधिकारीले बताएका छन्।केही दिनअघि शिविरमा रहेका लडाकुहरुको संख्याकाबारे सरकारले जानकारी माग्दा अनमिनले त्यसलाई गोप्य सूचना भन्दै दिन इन्कार गरेको थियो। बिहिबार बिहान प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटमा अनमिन प्रमुख करिन ल्याण्डग्रेनले सरकारको आग्रहप्रति आफुहरु सकारात्मक भएको जनाएकी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराइले बताए।

No comments: