लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन २०,एमालेका केन्द्रीय सदस्यहरूले आफनै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल नेतृत्वको सरकार शान्ति सुरक्षा दिन असफल भएको भन्दै गृहमन्त्री भीम रावलको राजिनामा मागेका छन्। सरकार शान्ति सुरक्षा दिन असफल भएको भन्दै बिहीबारको केन्द्रीय कमिटी वैठकमा उपाध्यक्ष वामदेव गौतम केन्द्रीय सदस्यहरू योगेश भट्टराई, विजय पौडेल, ठाकुर गैरे लगायतले प्रधानमन्त्री नेपालले स्पष्टीकरण दिनुपर्ने माग गरेका हुन्। शान्ति सुरक्षा दिन सरकार असक्षम भएको भन्दै उनीहरूले सरकारको चर्को आलोचना गरेका थिए। वैठकमा केन्द्रीय सदस्य विजय पौडेलले सरकार जनतालाई सुरक्षा दिने सवालमा असफल भएको भन्दै प्रधानमन्त्रीले प्रष्टयाउनुपर्ने माग गरेका थिए। अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले संचार गृहका प्रमुख, पत्रकारहरूदेखी उद्योग ब्यवसायीमाथि श्रृङखलावद्ध हमला भएको र आम जनता नै असुरक्षित भएको भन्दै यसलाई वैठकको एजेण्डा बनाउन माग गरे।
No comments:
Post a Comment