News

Mar 13, 2010

सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कसरतमा माओवादी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३ मार्च,२०१०,उच्चस्तरीय राजनीतिक संयन्त्रबाट पनि आफ्ना मागहरु पूरा हुने छाँटकाँट नदेखिएपछि एकीकृत माओवादीले सरकार फेर्ने नयाँ रणनीति तय गरेको छ । संसदको बिशेष अधिवेशन बोलाएर माधवकुमार नेपालको नेतृत्वमा रहेको वर्तमान सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा माओवादी जुटेको छ । यसबारेमा छलफल गर्न केही दिन अगाडिदेखि माओवादी नेताहरुको बैठक बसिरहेको छ ।मुलुकमा विद्यमान राजनीतिक तरलताको कारण देखाउँदै माओवादीले आफ्ना सभासदहरुलाई राजधानी बाहिर नजान समेत निर्देशन दिईसकेको माओवादीका एक नेताले बताए ।

No comments: