लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०४ मार्च, २०१०,अनमिनले माओवादी लडाकुको पछिल्लो गणना गर्न अस्वीकार गरेपछि सरकारले त्यसप्रति तिब्र असन्तुष्टि जनाएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री माधवकुमार नेपाल र अनमिन प्रमुख करिन लेनग्रेनबीच भएको भेटबार्तामा प्रधानमन्त्रीले सो असन्तुष्टि जनाउनु भएको हो ।
अनमिन र सरकारबीच पछिल्लो समय देखिएको तिक्तता अन्त्य गर्ने बिषयमा छलफल भएपनि अनमिनको भनाईप्रति प्रधानमन्त्री सन्तुष्ट नभएको स्रोतले बताएको छ । शिविरमा रहेका लडाकुको गोप्य तथ्याङक उपलब्ध नगराएपछि सरकार र अनमिनविचको संबन्धमा पछिल्लो समयमा चिसिएको थियो ।
भेटमा प्रधानमन्त्रीले लडाकूको तथ्याङ्क उपलव्ध नगराउनुको कारण अनमिन प्रमुखसँग माग्नुभएको थियो । अनमिन प्रमुख लनग्रेनले भने सरकार माओवादी र अनमिनविच भएको त्रिपक्षीय सम्झौताको प्रावधान अनुसार लडाकूको तथ्याङ्क उपलव्ध गराउन नसकिएको जवाफ प्रधानमन्त्रीलाई दिनु भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । सरकारले तथ्याङ्क उपलब्ध नगराउने अनमिनको प्रस्तावप्रति हिजो मात्रै विज्ञप्ती निकालेर आपत्ती प्रकट गरेको थियो । भेटमा अयोग्य लडाकुलाई क्याम्प बनाएर राख्ने माओवादी तयारीका विषयमा समेत गंभिर छलफल भएको बुझिएको छ ।

No comments:
Post a Comment