News

Mar 4, 2010

डियगो म्याराडोनामाथि रहेको दबाबलाई कम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
म्युनिख/ प्रशिक्षक डियगो म्याराडोनामाथि रहेको दबाबलाई कम गराउने प्रयत्नमा बुधबार राति विश्वकप फुटबल तयारी खेलमा भ्रमणकारी अर्जेन्टिनाले जर्मनीलाई १-० ले हरायो भने आफ्नै गृहमैदानमा स्पेनसँग २-० को हारपछि फ्रान्सका प्रशिक्षक रेमोन्ड डोमिनेक झनै दबाबमा आए ।बुधबार राति विश्वकप खेल्ने ३२ मध्ये २८ मुलुक मैदानमा उत्रिएका थिए, जसमा अमेरिकालाई नेदरल्यान्डले २-१ ले हरायो । १२ जुनमा अमेरिकासँग विश्वकपको पहिलो खेल खेल्ने इंग्ल्यान्डले इजिप्टलाई ३-१ ले हराउँदा डिफेन्डिङ च्याम्पियन इटालीलाई भने क्यामरुनले गोलरहित बराबरीमा रोक्यो । उता, मेक्सिकोले भने न्युजिल्यान्डलाई २-० ले हरायो ।विश्वकप छनोट चरणमा उतारचढाव व्यहोरेका अर्जेन्टिनाका लागि गोन्जालो हिगुयनले पहिलो हाफको इन्जुरी समयमा दिलाएको अग्रता नै खेलको निर्णायक गोल बन्यो । 'यो विश्वकपको खेलझैँ थियो,' म्याराडोनाले भने, 'मेरा ठिटाले राम्रो खेले । मैले आफ्नो टोलीको प्रशंसा गर्नै पर्छ ।' सो खेलको क्रममा जर्मनीका कप्तान माइकल बालाकको घुँडामा ठोक्किएका अर्जेन्टिनी डिफेन्डर मार्टिन डेमिचेलिजले आफ्नो चिउँडोको हड्डीसमेत भाँचे ।उता सेन्ट डेनिजमा डेविड भिल्लाले २१ औँ मिनेट अनि सर्जियो रोमोजले पहिलो हाफको अन्तिम समयमा गोल गरेपछि अक्टोबर १९६८ पछि स्पेनले लियोनमा जर्मनीलाई हरायो । सो हारपछि जर्मनीका समर्थकहरूले डोमिनेकको राजीनामा माग्दै नारासमेत लगाएका थिए ।खेलको उत्तरार्द्धमा विम्बलेको मैदानमा छिरेका पिटर क्रचले दुई तथा वैकल्पिक साउन राइट फिलिपले एक गोल गरेपछि इंग्ल्यान्डले इजिप्टलाई हरायो । खेलको २३ औँ मिनेटमा डिफेन्डर म्याथ्यु उप्सनको गल्तीको फाइदा उठाउँदै मोहमद जिदानले इजिप्टलाई अग्रता दिलाएका थिए ।यता क्रिस्टियानो रोनाल्डोको सहयोगमा हुगो अल्मेडाले दुई गोल गरेपछि पोर्चुगलले चीनलाई २-० ले हरायो । लन्डनमा भएको खेलमा लि डोंग गोक र वैकल्पिक क्वाक ते हीले गोल गरेपछि दक्षिण कोरियाले आइभोरी कोस्टलाई २-० ले हरायो । यस्तै अन्य खेलमा सर्बियाले अल्जेरियालाई ३-० ले, स्लोभेनियाले कतारलाई ४-१ ले तथा टर्कीले होन्डुरसलाई २-० ले हराए ।अस्ट्रेलिया, कुबेत र जोर्डन एसियाली कपमा यसैगरी अस्ट्रेलिया, कुबेत र जोर्डन आगामी वर्ष हुने एसियाली कपमा छनोट हुने अन्तिम मुलुक बनेका छन् । बुधबार अस्ट्रेलियाले इन्डोनेसियालाई १-० ले हराएपछि समूह 'बी'को विजेता बन्दै अन्तिम चरणमा स्थान बनायो भने ओमानलाई गोलरहित बराबरीमा रोकेपछि कुबेत पनि छनोट हुन सफल भयो । जोर्डनले सिंगापुरलाई २-१ ले हराउँदै समूह 'इ'बाट अन्तिम चरणमा स्थान पक्का गर्‍यो ।

No comments: