News

Mar 8, 2010

जनविद्रोहको तयारी भन्दै माओवादी नेताहरु पुनः गाउँमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रोल्पा, फाल्गुन २४ - तोकिएको अवधिभित्र नयाँ संविधान नबनेमा विद्रोह गर्ने भन्दै माओवादीले नेताहरुलाई गाउँ पठाएको छ । जनआन्दोलनको तयारी गर्न रोल्पाका माओवादी कार्यकर्ताहरु आन्तरिक प्रशिक्षणमा जुटेका छन् । अन्य दलहरुले संविधानलाई 'कागजी खोस्टो' मात्र मानेकाले आन्दोलनबाट चाहेको संविधान बनाउनु परेको माओवादीका स्थानीय नेताहरुले बताएका छन् । स्रोतका अनुसार कार्यकर्ता प्रशिक्षणका लागि जिल्लास्तरका नेताहरु एक महिना यता गाउँ गाउँमा खटिएका छन् । 'नयाँ संविधान जनताले चाहेको जस्तो बन्ने अनिश्चित भएकाले पुनः जनविद्रोहका लागि तयारी गर्नु परेको हो' एक जिल्लास्तरीय नेताले भने । जिल्लालाई राजनीतिक गतिविधिका हिसाबले वर्गीकरण गरेर मगरात राज्य समितिका पदाधिकारीहरु पनि कार्यकर्ता प्रशिक्षणमा जुटेका छन् । गाउँमा कार्यकर्ताका अतिरिक्त नेताहरुले जनतालाई पनि भेला गरेर वर्तमान राजनीतिक अवस्थाका बारेमा प्रशिक्षण दिने गरेका छन् ।
राजनीतिक प्रशिक्षणका लागि माओवादीले ११ इलाका रहेको जिल्लालाई थप एरियामा विभाजन गरेको छ । युद्धकालमा झै माओवादीले जिल्लालाई करिब दुई दर्जन एरियामा विभाजन गरेर गतिविधि तिब्र पारेका हुन् ।

No comments: