लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तेहरान/ इरानले छोटो दूरीका क्षेप्यास्त्रहरू निर्माण गर्ने नयाँ हतियार कारखानालाई आइतबारदेखि सञ्चालनमा ल्याएको छ । प्रतिरक्षामन्त्री अहमद वाहिदीका अनुसार उत्पादन सुरु गरिएको यो क्षेप्यास्त्रले तीन हजार टन भारयुक्त निशानालाई ध्वस्त गर्न सक्ने क्षमता राख्छ । वाहिदीले भने- नासर १ क्षेप्यास्त्रलाई समुद्र तटबाट प्रहार गर्न सकिन्छ । यसलाई पानीजहाजमा राखेर पनि प्रक्षेपण गर्न सकिन्छ । भविष्यमा हेलिकोप्टर र सबमरिनबाट समेत प्रक्षेपण गर्न सकिने किसिमले यसको विकास गरिनेछ । यो कारखाना राजधानी तेहरानमै राखिएको छ । वाहिदीले गत महिना दुई क्षेप्यास्त्र निर्माण गर्ने प्लान्टहरूको उद्घाटन गरेका थिए । क्वायमा नाम दिइएको क्षेप्यास्त्रलाई जमिनबाट आकाशमा मार हान्न प्रयोग गरिन्छ । यसैगरी, तुफान- ५ नाम दिइएको अर्को क्षेप्यास्त्रले जमिनबाट जमिनमै मार हान्छ । गत डिसेम्बरमा इरानले बढी गतिमा हुइँकिने मध्यमदूरीको क्षेप्यास्त्र परीक्षण गरेको थियो । यस क्षेप्यास्त्रले इजरायललाई निशाना बनाउन सक्ने सामथ्र्य राख्छ भन्ने दाबी गरिएको थियो ।

No comments:
Post a Comment