लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०८ मार्च, २०१०,संबिधान जारी गर्न ८१ दिन मात्र बाँकी रहँदा एकिकृत नेकपा माओवादीले भने नेपाली कांग्रेस र एमाले संबिधान जारी नै नगरी संबिधानसभा भंग गर्ने षडयन्त्रमा लागिरहेको आरोप लगाएको छ । अन्तरार्ष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अनेमसङ्घ क्रान्तिकारीले आज राजधानीको खुलामञ्चमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो आरोप लगाएका हुन् । सभालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेका क्रियाकलापले त्यो देखाइरहेको प्रष्ट भएको बताए । उनले जेठ १४ भित्र संबिधान जारी गर्न आफूहरु जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताँउदै यदि तोकिएको समयमा संबिधान जारि नभए माओवादीले जन बिद्रोह मार्फत सडकबाटै माओवादीले संबिधान घोषणा गर्ने चेतावनी दिए । प्राय आफ्नो भाषणमा सेना प्रति निकै आक्रामक रहने गरेका दाहालले आज भने नेपाली सेनाको प्रशंसा गर्न चुकेनन् ।उनले नेपाली सेनाले कांग्रेस र एमालेलाई अब समर्थन नगर्ने दाबी समेत गरे । उनले माओवादीले सत्ताकब्जा गर्न नखोजेको पनि बताए।सरकारको कडा शब्द आलोचना गरेका दाहालले यो सरकारलाई कुहिएको फर्सीको संज्ञा दिए र भने- हामी अब ३ महिना पूरै संविधान निर्माणका लागि लाग्छौं। माओवादीले विद्रोह गर्दैछ भनेर संविधान नबनाउने षडयन्त्र भइरहेको पनि उनले बताए।
No comments:
Post a Comment