News

Mar 4, 2010

प्रहरीले नै भगाउँदा रहेछन् हत्याराहरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०४ मार्च, २०१०,प्रहरीले जमिम शाह हत्या प्रकरणमा मुछिएका पूर्वडीएसपी जगदीश चन्द बयानका लागि पक्राउ गर्ने निर्णयपूर्व नै प्रहरीकै सूचनाबाट भग्न सफल भएका छन्। हिजो मात्रै उनलाइ पक्राउको निर्णय गरेको थियो तर उनी भने बिहानै काठमाडौंबाट बाहिरिसकेका थिए। उनलाई पक्राउ गर्न प्रहरी टोली उनी काम गर्ने थापाथलीस्थित नर्भिक अस्पताल पुग्दा बुधबारैदेखि उनी बिदामा बसेको जानकारी अस्पतालले दिएको थियो । घटनाको मुख्य योजनाकार भनी किटान गरेको बब्लु श्रीवास्तवसँग चन्दको नियमित सम्पर्क रहेको सूचना घटनालगत्तै प्रहरीले पाएको भएपनि गृह प्रशासनकै दबाबमा चन्दलाई लुकाउने कोशिस गरिएको थियो। उनलाइ प्रहरीले बयानका लागि समेत बोलाउन सकेको थिएन ।जमिम हत्या प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका सई प्रकाश छेत्रीले लिखित बयानका क्रममा आफ्नोभन्दा बढी पूर्वडीएसपी चन्दको संलग्नता रहेको बयान दिएका दिएपछि उनलाइ पक्राउको घरेमा राखिएको थियो।
भारतीय जेलमा रहेका बब्लु श्रीवास्तवसँग फोनमा पटकपटक कुराकानी भएको जानकारी टेलिकममार्फत प्रहरीले पाएपछि चन्दले आफ्नो कुनै गल्ती नभएको भन्दै पीडित शाहका परिवारलाई अनुरोध गर्दै आएका थिए । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार पूर्वडीएसपी चन्द, पक्राउ परेका सई छेत्री र जमिमलाई गोली हान्ने बब्बु तीन जना पटकपटक थापाथलीस्थित ग्रीन लाइन रेस्टुरेन्टमा बसी हत्या योजनाका लागि भारतीय जेलमा रहेको बब्लु श्रीवास्तवसँग फोनवार्ता गरेको खुल्न आएको छ ।फरार चन्दले प्रहरी सेवा प्रवेश गर्ने क्रममै प्रमाणपत्र तहको नक्कली शैक्षिक कागजपत्र पेस गरेको खुल्न आएपछि उनी निलम्बित छन् । निलम्बनपछि अँगालेको रेस्टुरेन्ट र डिस्कोलगायत पेसामा समेत उनी सफल हुन सकेनन् । त्यसपछि उनी नर्भिकमा अफिस म्यानेजरु को काम गर्दै आएका छन् ।

No comments: