लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौ
फागुन २५,संविधान जारी हुने तिथि ८० दिन मात्र बाँकी छँदा राज्य पुनःसंरचनाका काम पछि टुंगो लगाउने गरी संविधान जारी गर्न संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलका नेताहरूसँग छलफल अघि बढाएका छन्। प्रदेशको निर्माण गरिने भन्ने संविधानमा सुनिश्चित गरी सबैको सहमतिमा जेठ १४ मै संविधान जारी गर्ने, त्यसपछि विज्ञहरूले तयार गरेको प्रतिवेदनका आधारमा राज्य पुनःसंरचना गर्न सकिने नेम्वाङको तर्क छ। कार्यतालिकाको दशौं संशोधन गर्दा उनले यसैका आधारमा संविधान निर्माण प्रक्रियासमेत हेरफेर गरिने नागरिकलाई बताए। यस्तो संविधान विज्ञहरूले नाम दिएजस्तो 'संक्षिप्त संविधान' नभई पूर्ण संविधान नै हुने नेम्वाङले प्रष्ट पारे तर यसका लागि संविधानसभामा प्रतिनिधित्व भएका सबै दल एकमत हुनु आवश्यक रहेकोमा नेम्वाङले जोड दिए। एकात्मक केन्द्रीकृत शासनबाट संघीय शासन प्रणालीमा जाने विषयमा संविधानमा सुनिश्चित गरिए पनि प्रदेशको निर्माण भने विज्ञको सहयोगमा समय लगाएर गरिन्छ। कांग्रेस सभासद् राधेश्याम अधिकारी बेल्जियममा सन् १९७० मा संघीय ढाँचामा जाने सुनिश्चितता सहित संविधान जारी गरिए पनि १४ वर्षपछिसम्म लगाएर संघीय राज्य निर्माण गरिएको उदाहरण दिन्छन्। राज्य पुनःसंरचनाको काम आयोग बनाएर त्यसको सिफारिशमा पछि गर्ने गरी त्यसबाहेकको संविधान जारी गर्न सकिने अधिकारी बताउँछन्। माओवादी सभासद् खिमलाल देवकोटा भने संघीय संरचनाबेगरको संविधान निर्माण गर्दा संघीयताविरुद्ध षड्यन्त्र हुने दाबी गरे। माओवादी पूर्ण संविधानको पक्षमा भएकाले संघीय संरचनाबेगरको संविधान आफ्नो दलले स्वीकार्न नसक्ने उनले बताए।
No comments:
Post a Comment