News

Mar 8, 2010

संविधान बनाउने कार्यतालिकाको दशौं संशोधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०९ मार्च,२०१०,नयाँ संविधान निर्माणको कार्यतालिका आज फेरि संशोधन हुने भएको छ । कार्यतालिकाको यो दशौं संशोधन हुनेछ ।संविधानसभाको विषयगत समितिका प्रतिवेदनमा रहेका विवाद मिलाएर मस्यौदा लेखनका लागि संवैधानिक समितिमा पठाउन नसकेपछि कार्यतालिका १० औं पटक संशोधन हुन लागेको हो । फागुन २१ गतेभित्र संवैधानिक समितिलाई संविधानको पहिलो एकीकृत मस्यौदा तयार पार्ने समयसीमा रहेको थियो । संवैधानिक समितिलाई पहिलो एकीकृत मस्यौदा तयार गर्न थप एक महिना समय दिने र बाँकी काम ५० दिनमा सम्पन्न गर्ने गरी कार्यतालिका संशोधन गर्न लागिएको बताइएको छ । कार्यतालिका संशोधनसम्बन्धी निर्णय गर्न संविधानसभा कार्यव्यवस्था समितिको बैठक आज दिउँसो बस्दैछ । कार्यव्यवस्था समितिले संशोधनसम्बन्धी अन्तिम निर्णय गरेपछि आज दिउँसो बस्ने संविधानसभाको बैठकले कार्यतालिका दशौं संशोधन गर्नेछ ।

No comments: