लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १- एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले आफू गयल भएको समयको तलब आज फिर्ता गरेका छन्। भट्टराईको तर्फबाट उनका स्वकीय सचिव विश्वदीप पाण्डेले आज दिउँसो संविधान सभा सचिवालयमा चार हजार रुपैयाँ फिर्ता गरेका हुन्। भत्ता फिर्तासँगै उनले सचिवालयलाई दिएको निवेदनमा आफू उपस्थित नभएको बेलाको भत्ता सचिवालयबाटै कट्टा गर्न पनि आग्रह गरेका छन्। 'आगामी दिनमा पनि उपस्थित नभएको बेलाको भत्ता सचिवालयले नै कट्टा गरी उपलब्ध गराइदिनु भएमा मजस्ता सभासदमाथि नैतिक प्रश्न उठ्ने थिएन', उनले निवेदनमा लेखेका छन्,'यस्तो व्यवस्था सचिवालयले नै गरिदिनका लागि आग्रह गर्दछु।'गत फागुन २३ गते वर्षदिन गयल भए पनि पूरै तलब बुझे सभासदले शीर्षकमा समाचार प्रकाशित गरेपछि उनले प्राविधिक कारणले यस्तो त्रुटी हुन गएकोप्रति दुःख प्रकट गर्दै नैतिकताका आधारमा गयल भएका २० दिनको तलब तत्काल फिर्ता गर्ने प्रतिवद्धता जनाएका थिए।
No comments:
Post a Comment