लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फ्रान्सका राष्ट्रपति निकोलस सार्काजी र उनकी श्रीमती कार्ला बु्रनी फेरि चर्चामा आएका छन् । दुई वर्षअगाडि मात्रै बिहे बन्धनमा बाँधिएका उनीहरू दुवै बिहेइतरको सम्बन्धका कारण अहिले चर्चामा आएका हुन् । राष्ट्रपति निकोलसपत्नी कार्लालाई छाडेर अर्की महिलासँग लहसिएको र कार्लाले पनि अर्कै पुरुषसँग प्रेमसम्बन्ध गाँसेको विषयले विश्वभरि व्यापकता पाएको छ । रिपोर्टअनुसार ५५ वर्षे सार्कोजीको आफ्नै क्याबिनेटकी ४० वर्षे वातावरणमन्त्री सान्तल जौनोसँग चक्कर चलिरहेको छ । सान्तल करातेकी ब्लाकबेल्ट पनि हुन् । उता, सार्कोजी श्रीमती पूर्वमोडल ४२ वर्षीया कार्ला पनि के कम ? उनी आफूभन्दा ६ वर्ष कान्छो पपगायक बेन्जामिन बोयलोको अँगालोमा देखिन पुगिन् । कार्ला र पपस्टार बेन्जामिन पहिलेदेखि नै नजिकका साथी थिए। तर, अचेल उनीहरू सँगै बस्छन् रे ।
सार्कोजी र कार्लाका विगतमा थुप्रै प्रेमसम्बन्ध थिए । दुई छोराका बाबु सार्कोजीले पहिली श्रीमती मेरीलाई परस्त्रीगमन गरेर धोका दिएका थिए । पहिली श्रीमतीसँग विवाहिता रहँदा उनले सिसिलियासँग प्रेमसम्बन्ध राखे । यही सम्बन्धका कारण पहिली श्रीमतीसँग सम्बन्धविच्छेद भयो । उनले सिसिलियासँग बिहे गरे । तर, उनीसँगको सम्बन्ध पनि टिकाउ रहेन । सार्कोजी र सिसिलियाको पनि सम्बन्धविच्छेद भयो । सिसिलियासँग सम्बन्धविच्छेद भएको केही महिनाभित्रै सार्कोजी र कार्लाको प्रेमसम्बन्धले चर्चा पाएको थियो । उनीहरूले इजिप्टमा बिदा मनाएका तस्बिर मिडियामा छाएका थिए । केही महिनाको रोमान्सपछि नै यी जोडी वैवाहिक बन्धनमा बाँधिए ।
प्रेमसम्बन्ध राख्न कार्ला पनि निकै खप्पिस छिन् । सार्कोजीअघि उनका थुप्रै हाइप्रोफाइलका प्रेमी थिए । उनले मिक ज्यागरदेखि लिएर गायक एरिक क्ल्याप्टन र व्यापारी डोनाल्ड ट्रपसँग समेत प्रेमसम्बन्ध स्थापना गर्न भ्याइन् । पहिलो प्रेमीको तर्फबाट कार्लाको पनि एक छोरा छन् ।
राष्ट्रपति सार्कोजी र प्रथम महिला कार्ला बु्रनीको बिहेइतरको सम्बन्धका बारेमा एलिसी दरबार मौन छ । तर, गतसाता बि्रटिस टेलिभिजनमा अन्तर्वार्ता दिँदै कार्लाले आफ्नो बिहे परीको कथाजस्तो भएको बताएकी छिन् । उनले सार्कोजीजस्तो श्रीमान् पाउनु आफ्ना लागि भाग्य भएको बताएकी छिन् । 'साँच्चिकै परीको कथाजस्तै म असाध्यै खुसी छु । मैले ४० वर्षको उमेरमा आफूले बिहे गर्न चाहेको पुरुषलाई भेटेँ,' अन्तर्वार्तामा कार्लाले भनेकी थिइन् ।
आफूहरूको वैवाहिक सम्बन्ध कत्तिको टिकाउ हुन्छ भन्ने सोधिएको प्रश्नमा उनले बिहे सधैँका लागि हुनुपर्ने बताइन् । 'बिहे मृत्यु नहुन्जेलसम्मका लागि हुनुपर्छ । तर, यो जीवनको के भर । म त बिहे सदाका लागि होस् भन्ने कामना गर्छु । यो मेरो चाहना मात्र हो । तर, विडम्बना हामी भोलि नै मर्न पनि सक्छौँ । जीवनका बारेमा कसलाई के थाहा,' उनको भनाइ थियो । उनले अन्तर्वार्तामा श्रीमान् सार्कोजीमाथि आफ्नो अत्यन्त विश्वास भएको बताइन् ।
केही वर्षअगाडि कार्लाले एक श्रीमान्/श्रीमतीसँग सम्बन्ध राख्ने प्रथामा आफूलाई विश्वास नलाग्ने बताएकी थिइन् । तर, सार्कोजीसँग बिहे गरेपछि भने धेरै ब्वाइफ्रेन्ड बनाउने आफ्नो शैलीमा परिवर्तन ल्याएको दाबी उनले गरेकी छिन् ।

No comments:
Post a Comment