News

Aug 17, 2009

हलिउड कलाकार र सेलिब्रिटीहरु योगतर्फ आकर्षित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हलिउड कलाकार तथा अरु सेलिब्रिटीहरु योगतर्फ आकर्षित भइरहेका छन्। अभिनेत्री तथा मोडल जेन्नी म्याककार्थीले आफ्ना ब्वाइफ्रेन्ड कमेडियन कलाकार जिम केरीलाई योग सिकाएको खबर त्यहाँका पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन्।त्यसैगरी डान्सर तथा अभिनेत्री करिना स्मिरनोफ र कोरियोग्राफर डान्सर माक्सिम चमोरकोभ्सकी पनि साथै योग गर्ने गर्छन्। ग्रायमी विजेता गायिका जेनिफर नेटल्स र फोल्क रक म्युजिसियन क्रिस्टियन बुस पनि सँगै योग सिक्ने गर्छन्। अस्कर विजेता अभिनेत्री रेसी विदरस्पून र अस्कर नोमिनेट भएका कलाकार जेक गिलेनहल पनि सँगै योग सिक्ने गरेको समाचार छापिएका छन्। गोल्डन ग्लोब बिजेता म्याडोना त प्रख्यात योगी नै हुन्। योगले ने अभिनेत्री क्यामिला बेलीलाई ट्रयाकमा राख्न सघाएको उनी आफै बताउने गर्छिन्। ग्रायमी विजेता गायक रिकी मार्टिनले पनि दिनहुँ योग र ध्यानको अभ्यास गर्ने गर्छन्। अहिले अमेरिका नाङ्गो योग गर्ने नेकेड योगा र कुकुरसित योग गर्ने डोगा योगा पनि प्रचलनमा रहेको छ।

No comments: