News

Aug 15, 2009

नेपाली भाषा सरह हिन्दी भाषालाई समावेश गरिनुपर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनकपुरधाम, साउन ३१ - मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधानमा नेपाली भाषा सरह हिन्दी भाषालाई पनि राष्ट्रिय भाषाको रुपमा समावेश गरिनुपर्ने बताएका छन् । उनले हिन्दीले संवैधानिक मान्यता प्राप्त नगरेसम्म मधेशीहरुको हकहित संरक्षण नहुने बताए । उनले नेपाली भाषा नेपालको राष्ट्रिय भाषा नभई विशेष खस वर्गको मात्र भाषा रहेको भने । उपराष्ट्रपति परमानन्द झाको शपथ ग्रहण प्रकरणमा अन्तरिम संविधान संशोधन गर्दैमा मधेशीहरुको भाषा सुरक्षित नहुने उनको कथन थियो । फोरमद्धारा शनिबार जनकपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले मधेश र मधेशी प्रति जारी विभेदको नीतिप्रति सशक्त संघर्ष गर्ने चेतावनी दिए । 'मधेशीहरुको मुक्ति र हकहित सुरक्षित नभएको खण्डमा चांडै जनसंघर्ष गर्छौ' उनले भने । प्रमुख दुई ठूला दल कांग्रेस र एमाले मधेश विरोधी रहेकेा आरोप लगाउदै उनले मधेश मुक्तिको लागि पुनः मधेशीहरुले सशक्त संघर्ष गर्नको लागि तयार रहनुपर्ने उल्लेख गरे ।

No comments: