लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा हङकङको प्रथम अधिवेशन सम्पन भएको छ । खुल्ला र बन्द सत्र गरि कार्यक्रम दुई चरणमा सम्पन भएको थियो । खुल्ला सत्रको अध्यक्षता मोर्चाका अध्यक्ष श्री हरि पन्धाकले गर्नु भएको थियो । प्रमुख अथिती एनेकपा माओवादीका केन्द्रीय सदस्य श्री टंक आङबुहाङ, विषेश अथिती सभासद श्री हरि राज खेवा, लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा विदेश विभाग प्रमुख श्री रमेश लिङदेन, अथितीहरुमा जनजाती महासघका अध्याक्ष भुपेन्द्र चेम्जोङ, लिम्बुवान राष्ट्रिय मोर्चाका प्रतिनीधि नवराज काम्बाङ, कियाचु हङकङका सचिव नन्द चङसु, किरात धर्मका मोहन मान नेम्बाङ, सल्लाकार जेबि ओख्रबो, एनेकपा माओवादीका पार्टी सदस्य पुर्ण लक्सम, जनसरोकार मञ्चका जेबि किरात, ऐभरेष्टका पत्रकार किसन राई, सनराईजका पत्रकार राई चन्द्र दुमी, लिम्बुवान ब्लगका टंक सम्बाहाङफे, र बगैचा डट कमका हरि बहादुर लाओती रहनुभएको थियो । उपस्थित सम्पुर्ण महानुभावहरुलाई स्वागत मोर्चाका सह सचिव एमबि थोप्राले गर्नु भएको थियो । शुभकामना मन्तव्य जनजाती महासघका अध्याक्ष भुपेन्द्र चेम्जोङ, प्रमुख अथिती एनेकपा माओवादीका केन्द्रीय सदस्य श्री टंक आङबुहाङ, बिशेस अथिती सभासद श्री हरि राज खेवा र लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा विदेश विभाग प्रमुख श्री रमेश लिङदेन शुभकामना मन्तव व्यक्त गर्नु भएको थियो । उहाँहरुको विचार नयाँ बन्ने कार्यसमितीले हङकङबाट लिम्बुवान प्राप्तीको लागि अहम भुमिका निभाउनु पर्छ भनुभयो । कार्यक्रम सञ्चालन सचिव श्री ज्ञानु मेन्याङबो ले गर्नु भएको थियो ।अध्यक्षमण्डलमा उत्तरमान लिम्बु र पुर्ण लक्सम रहनु भएको थियो । अध्याक्षमण्डलबाट बन्दसत्र आराम्भ भएपछि तदर्थ समितीको सचिव श्री ज्ञानु मेन्याङबोको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष श्री नारायण लिम्बुको आर्थिक प्रतिवेदन सर्वसम्मतीबाट पास भएको थियो । निर्वाचन मण्डलमा पनि उत्तरमान लिम्बु र पुर्ण लक्सम रहनु भएको थियो । निर्वाचन मण्डलले नयाँ कार्यसमिती सर्वसम्मतीबाट श्री जस बहादुर ओख्राबोको अध्यक्षता ३३ सदस्य कार्यसमिती चयन गरेको छ ।४ जना उपाध्यक्षमा ज्ञानु मेन्याङबो, कमल लिङदेन, राजु वनेम, र मन कुमार लिम्बु, सचिवमा एमबी थोप्रा, सह सचिवमा मनि वनेम, कोषध्याक्षमा श्री बेद राज सेलिङ र सह काषध्यक्षमा सेर बहादुर लिम्बु अन्य सबै सदस्यहरु हुनु हुन्छ ।
No comments:
Post a Comment