लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ३१ भारतको ६३ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय राजदूत राकेश सुदले नेपाल रेडक्रसलगायतका विभिन्न सामाजिक संस्थालाई १५ वटा एम्बुलेन्स चार वटा बस तथा बीस वटा शैक्षिक संस्थालाई पुस्तक सहयोगस्वरुप प्रदान गरे। दुतावासमा शनिबार आयोजित समारोहमा भारतीय राजदूत सुदले भण्डोत्तोलन गरेका थिए। नेपालमा रहेका भारतीयहरुको सहभागिता रहेको कार्यक्रममा सुदले भारतीय सैनिकमा कार्यरत गोरखा सैनिकको बारेमा लेखिएको पुस्तकको विमोचन गरे। कार्यक्रममा राजदूत सुदले स्वतन्त्रता दिवसको महत्व र नेपाल-भारत सम्बन्धबारे चर्चा गरेका थिए। सन् १९४७ को १५ अगस्तमा भारत बेलायतको उपनिवेशबाट स्वतन्त्र भएकाले आजको दिनलाई भारतले स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ।भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस मनाइँदै गर्दा भारतले अतिक्रमण गरेको नेपालको भूभागको फिर्ताको माग गर्दै एकीकृत नेपालले विरोध कार्यक्रम गरेको थियो। विरोध कार्यक्रमको नेतृत्व गर्दै फणिन्द्र नेपालले भारत स्वतन्त्र भइसकेपछि उसले अतिक्रमण गरेको नेपालको भूमि अविलम्ब फिर्ता गर्नुपर्ने बताए।
No comments:
Post a Comment