लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १ - राष्ट्रपति तथा उपराष्ट्रपतिले समेत अवदेखि मातृभाषामा सपथ गर्न पाउनेगरी संविधान संशोधन हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रपति, उपराष्ट्रपतिले मातृभाषामा सपथ लिनसक्ने संवैधानिक प्रावधानका लागि संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको छ ।
त्यसबारे प्रस्ताव तयार पारी संसदको आगामी बैठकमा प्रस्तुत गरिने आपूर्तिमन्त्री राजेन्द्र महतोले जानकारी दिए । उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा लिएको सपथ सर्वोच्च अदालतद्वारा असंबैधानिक ठहर भएपछि सपथ ग्रहणको भाषाबारे दलहरुबीच विवाद बढेको थियो । प्रमुख दलहरुले सर्वोच्च अदालतको निर्णय आइसकेको शर्न्दर्भमा उपराष्ट्रपतिले नेपालीमा सपथ लिएपछि संविधान संशोधन गर्ने निर्णय गरेका थिए । अन्तरीम संविधानमा राष्ट्रपति तथा उपराष्ट्रपतिले नेपाली भाषामा सपथ लिने प्रावधान छ ।

No comments:
Post a Comment