लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इस्लामावाद/ पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफ आजभोलि प्रसिद्ध गायक बनेका छन् । उनले गाएको एउटा गीत अहिले इन्टरनेटमा हिट भएको छ । लोकपि्रय भिडियो वेबसाइट युटुबमा मुसर्रफले गीतको रेकर्डिङ गरेको देखाइएको छ । भिडियोमा मुसर्रफ पाकिस्तानका प्रसिद्ध सुफी गायक उस्ताद हमिद अलि खानसँगै गीत गाइरहेका देखिन्छन् । मुसर्रफ र उस्ताद हमिद अलि खानसँग पूर्वप्रधानमन्त्री सौकत अजिज पनि गीत गाइरहेका देखिन्छन् । गीत रेकर्डिङ लन्डनको एक कार्यक्रममा गरिएको अनुमान गरिएको छ । मुसर्रफ अहिले लन्डन भ्रमणमा छन् । पाकिस्तानमा मुसर्रफको यो भिडियो चर्चामा छ । लन्डनमा भएको अर्का एक कार्यक्रममा मुसर्रफले ड्रम बजाएको पनि बताइएको छ ।
केही समयअगाडि मात्र बेनजिर भुट्टोकी छोरी बख्तियार भुट्टोले आमाको सम्झनामा गाएको अंग्रेजी र्याप गीत लोकपि्रय भएको थियो । बख्तियारले गाएको गीतको बोल 'आई वुड टेक द पेन अवे' थियो ।

No comments:
Post a Comment