News

Aug 14, 2009

अष्ट्रेलियाली गुर्खा इन्टिच्युटको आहृवान

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
हङकङ,जोर्डनस्थित लिटल वड स्कूलको हलमा एक जानकारी कार्यक्रमको आयोजना गरिएको थियो । लगभग वर्ष दिनबाट सञ्चालनमा, नेपालीको स्वामित्वमा रहेको, अष्ट्रेलियाको मेलब्रोनस्थित गुर्खा इन्स्टिच्युटको आधिकारिक रुपमा बजार व्यवस्थापन गर्ने क्रममा उक्त इन्स्टिच्युटका सीइओ चन्द्र योञ्जन, आफ्नी मार्केटिङ एक्जेक्युटिभसँगै दक्षिण एसियाका विभिन्न मुलुकहरुमा आउने क्रममा गत हप्ता मात्रै यहाँ आएका थिए ।२१ वर्षअगाडि अष्ट्रेलिया पुगेका चन्द्र योञ्जनले सिफ्ट सिफ्टमा विभिन्न रेष्टुरेन्टहरुमा काम गरेका थिए, सोही व्यक्तिले आफ्नो कडा मिहिनेत तथा लगनशीलताले गर्दा रेष्टुरेन्ट आफ्नो स्वामित्वमा खोल्न सक्षम भए । निक्कै नै लाकप्रिय मानिने रेष्टुरेन्टहरु आधा दर्जन खोलेपछि यसैसम्वन्धी विशेष किसिमले तालिम दिने इन्सिटच्युटको प्रारम्भ गरे । सानो अवधिमै सरकारी मान्यता प्राप्त उक्त इन्स्टिच्युटमा ५५० विद्यार्थीहरुको दाखिलाले अति नै ठूलो हौसला दिएको योञ्जन बताउँदछन् । करीव १२०० विद्यार्थीहरुको क्षमता भएको इन्स्टिच्युट भए तापनि शुरुमा राखिएको ५५० सिट क्षमता अहिले पूर्ण भएको भए तापनि अत्यधिक मागले गर्दा यसलाई इन्स्टिच्युटले बढाउँदै लाने बताउने योञ्जनले आफ्नो संस्थामा अध्ययन गरेका खासगरी अष्ट्रेलियामा स्थायी रुपमा बसोबास गर्न चाहनेहरुको लागि सजिलोसँग चाहिने मात्राले पोइन्स आर्जन गर्न सकिने जनाउँदछन् । पत्रकारबाट इन्स्टिच्युटको मुख्य आकर्षणको विन्दू बनाइएको भने उच्च शिक्षा आर्जन गर्न नभई अष्ट्रेलिया स्थायी बसोबास गर्न मिल्ने आफ्नो संस्था हो भनेर सोध्दा सीइओ योञ्जनले अवश्य नै प्रत्यक्ष रुपमा सो भन्न नसकिए पनि यथार्थ भने हो भन्न सकिन्छ भनेका थिए ।इन्स्टिच्युटमा Hospitality Management, Information Technology को अध्यापन Certificate 3, 4 तथा Diploma & Advance in Hospitality लगायत Certificate 2 & Diploma of Information Technology को अध्यापन गराइने गरिएको छ । २० घण्टा गर्न मिल्ने कामको जोहो गरिदिने, स्थायी रुपमा बासको व्यवस्था नहुन्जेल आफ्नो डोल्मा होटेलमा प्रतिहप्ताको दरले सस्तोमा बासको व्यवस्था गरिदिने लगायतका व्यवस्थाहरुको जानकारी उक्त कार्यक्रममा गराइएको थियो जसमा हङकङेली नेपाली समाजका इच्छुक लाग्ने अभिभावकहरुको राम्रो उपस्थिति रहेको थियो ।इन्स्टिच्युटको बारेमा सम्पूर्ण जनकारी उक्त संस्थाको वेबसाइट www.gurkhainstitute.com. मा प्राप्त गर्न सकिन्छ ।स्मरण रहोस्, मेलब्रोनका लागि चन्द्र योञ्जन नेपाली मानार्थ वाणिज्यदूत हुन् ।

No comments: