लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चलचित्र निर्माता रोज राणा नग्न डान्सबार सञ्चालन गरेको अभियोगमा बिहीबार पक्राउ परेका छन् । उनको आपराधिक क्रियाकलापमा सक्रिय राजधानीका डनहरूसित निकट सम्बन्ध र साझेदारी रहेकोसमेत पाइएको छ ।दुई महिनादेखि राणाको खोजीमा लागेको महानगरीय प्रहरी परिसरको विशेष टोलीले उनलाई बिहीबार मध्याह्न बागबजारबाट पक्राउ गरेको हो । उनीमाथि नायक निखिल उप्रेतीलाई ज्यान मार्ने धम्की दिएको र चलचित्र निर्देशक सुरेशदर्पणलाई कुटेको अभियोगहरू पनि छन् ।राजधानीका कुख्यात डनहरूसित राणाको व्यावसायिक सम्बन्ध देखिएपछि प्रहरीले सतर्कतापूर्वक अनुसन्धान थालेको छ । हाल जेलमा रहेका डन कुमार घैंटेसितको साझेदारीमा राणाले नग्न नृत्य देखाइने डान्सबारहरूमा लगानी गरेको पाइएको प्रहरी स्रोतले बतायो । स्रोतका अनुसार बागबजारको टप शो गर्ल र गोंगबुको भिबार डान्सबारमा राणाको कुमार घैंटेसित साझेदारी पाइएको छ । चरी उपनामधारी दिनेश अधिकारीसँग पनि उनको सुमधुर सम्बन्ध छ, जो अहिले फरार छन् ।राणाले बनाएका चलचित्रहरूमा पनि डनहरूले पैसा लगाएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । पाँच वर्षको अवधिमा उनले नेपाली चलचित्रमा करिब दुई करोड ५० लाख लगानी गरेका छन् । 'चलचित्रमा उनले गरेको लगानीका स्रोत खोतलेर अनुसन्धान अघि बढाइनेछ,' एक प्रहरी अधिकृतले भने ।राणामाथि आपराधिक काममा सक्रिय व्यक्तिहरूसँग सम्बन्ध रहेकोबारे विस्तृत अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी नवराज सिलवालले बताए ।
राणाको सक्कली नाम सरोज थापा हो । ०६० सालबाट चलचित्र क्षेत्रमा लागेका उनले दादागिरी, डन, खलनायक, दोस्ती र टक्कर नामका पाँच चलचित्र निर्माण गरिसकेका छन् । उनले आफ्ना चलचित्रको बजेट ५० लाखको हाराहारी हुने बताउँदै आएका छन् ।नग्न नृत्य गरेको अवस्थामा पक्राउ परेका अभियुक्तहरूले बयानको क्रममा डान्सबारको सञ्चालक राणा भएको प्रहरीसमक्ष बताएका थिए । त्यस्तै, मध्यरातमा घरमा गएर आफूलाई मार्ने धम्की दिएको भन्दै नायक निखिल उपे्रतीकी श्रीमती कोपिलाले राणाविरुद्ध प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गराएकी थिइन् । चलचित्र कसलाई दिऊँ यो जोवनको छायांकन भइरहेका वेला ताहाचल पुगेर कुटेको भन्दै सो चलचित्रका निर्देशक सुरेशदर्पणले पनि राणाविरुद्ध महानगरीय प्रहरी वृत्त कालिमाटीमा उजुरी दर्ता गराएका छन् ।चलचित्रमा क्रियाशील व्यक्तिहरू राणाले सधैं डनहरूको नाम लिएर धम्क्याउने गरेको दाबीसमेत गर्छन् । नायक उप्रेतीले राणा सुटिङ स्पटमा सधैं बन्दुक बोकेर आउने गरेको दाबी गरे । 'सुटिङ भइरहेको स्थानमा आएर कटुवा पेस्तोल र गोली नचाउँदै मैले चाहँ भने जसलाई पनि ठीक पार्न सक्छु भनेर धम्क्याउँथे,' निखिलले भने, 'काठमाडौंमा नाम चलेका हरेक गुण्डाहरूसँग सम्बन्ध राम्रो छ भन्दै थर्काउने मात्र होइन, सुटिङ स्पटमा केटाहरू ल्याएर कुट्ने, उठाउनेजस्ता कुरा गर्थे ।'

No comments:
Post a Comment