लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ३२ - संविधानसभा संवैधानिक समितिको सभापति चयनका लागि आगामी भदौ १२ गते निर्वाचन हुने भएको छ । सिंहदरवारमा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभापति चयनका लागि सहमति जुटाउन गृहकार्य गर्न समय आवश्यक पर्ने भएको भन्दै निर्वाचन मिति १० दिनपछि र्सार्न दलहरु सहमत भएका हुन् । बैठकमा दलका प्रमुख सचेतकहरुले प्रधानमन्त्री माधबकुमार नेपाल भारत भ्रमणमा जान लागेको र माओवादी अध्यक्ष पुष्पकमल दाहाल युरोप भ्रमणमा रहेको भन्दै निर्वाचन मिति र्सार्न सभाध्यक्ष सुवास नेम्वाङलाई आग्रह गरेका थिए । सोमबारका लागि तय गरिएको निर्वाचन मिति दलहरुको आग्रहपछि सभाध्यक्ष नेम्वाङले भदौ १२ गते विहान ८ वजेका लागि सारेका हुन् । आज बस्ने संविधानसभा बैठकबाट सभाध्यक्ष नेम्वाङले निर्वाचन तालिकाबारे औपचारिक जानकारी गराउनेछन् । यसअघि शनिबार प्रमुख तीन दल एकीकृत माओवादी, कांग्रेस र एमालेले सभाध्यक्ष नेम्वाङलाई भेटी दलहरुबीच दूरी बढ्न नदिन सहमतिका आधारमा सभापति चयन गर्नुपर्ने र त्यसका लागि गृहकार्य गर्नुपर्ने भन्दै निर्वाचन मिति र्सार्न आग्रह गरेका थिए ।
No comments:
Post a Comment