लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ओहायो/ सिनसिना ओपन टेनिस प्रतियोगितामा विलियम्स दिदी-बहिनीले हारको सामना गर्नुपरेको छ ।
बिहीबार राति नराम्रो खेलको सिकार भएकी भेनस विलियम्सलाई इटालीकी फ्लाभिया पेनेटाले ७-६(२) र ६-४ ले हराइन् । सो खेलमा भेनसले ३८ गल्ती गरेकी थिइन् ।'खेलपछि भेनसले धेरै गल्ती गरेको बताइन्,' बहिनी सेरेनाले भनिन्, 'म त्यही गल्ती दोहोर्याउन चाहन्नँ ।'दिदीले हारेको त्यही कोर्टमा केही घन्टापछि उत्रिएकी सेरेनाले भेनसभन्दा बढी गल्ती गरेपछि अस्टि्रयाकी सिबिल बामरले उनलाई ७-५ र ६-४ ले हराइन् । त्यो खेलमा सेरेनाले ४४ गल्ती गरिन् । बामर भने यो वर्ष तेस्रो प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिन् ।'मैले यति नराम्रो त जिन्दगीमा कहिल्यै खेलेकी थिइनँ,' सेरेनाले भनिन्, 'यो वास्तवमै अति नराम्रो खेल रह्यो ।'विलियम्स दिदी-बहिनीले कुल २० लाख अमेरिकी डलर पुरस्कार राशिको प्रतियोगिताबाट टिकट कटाए पनि आमा बनेर पहिलोपटक मैदानमा उत्रिएकी किम क्लाइज्टर्स भने क्वार्टरफाइनलमा पुगेकी छिन् । झन्डै साढे दुई वर्षपछि कोर्टमा उत्रिएकी क्लाइज्टर्सले बिहीबार पूरा बल लगाउँदै रुसकी स्भेट्लाना कुज्नेत्सोभालाई ६-४, ४-६ र ६-२ ले हराइन् । २६ वर्षीया क्लाइज्टर्सले अन्तिम सेटको पछिल्लो चारै अंक आफ्नो पक्षमा समेत पारेकी थिइन् ।'मेरो योजना सफल हुँदै छ,' क्लाइज्टर्सले भनिन्, 'मलाई अति नै रमाइलो लागिरहेको छ । म थकित नै भइन भन्ने पनि होइन, खेलको क्रममा ढाडमा केही दुखाइ थियो ।'सो खेलमा क्लाइज्टर्सले आफ्नो सर्भिसमा पनि सुधार ल्याएकी थिइन् ।पूर्व नम्बर एक क्लाइज्टर्सले अब क्वार्टरफाइनलमा वर्तमान नम्बर एक दिनारा सफिनाको सामना गर्नुपर्नेछ । सफिनाले भने चीनकी पेङ सुहाईलाई ६-३ र ६-४ ले हराइन् ।'कसैले पनि आफ्नो प्रतिभालाई कमजोर हुन दिएको हुँदैन,' क्लाइज्टर्सतर्फ इशारा गर्दै सफिनाले भनिन्, 'तिमीले हार्नु केही छैन । तिमी महान् खेलाडी हौ भने कुनै आपत्ति छैन ।'गत मेमा म्याडि्रडपछि विलियम्स दिदी-बहिनीले नै क्वार्टरफाइनलमा स्थान बनाउन नसकेको यो पहिलो प्रतियोगिता पनि बन्यो ।

No comments:
Post a Comment