लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ३१ - नेपालस्थित संयुक्त राष्ट्रसंघीय नियोग अनमिनले माओवादीले जारी राखेको आन्दोलनका कारण संविधान निर्माण र शान्ति प्रक्रियामा प्रभाव पार्ने भन्दै चासो राखेको छ । सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा अनमिन प्रमुख क्यारिन ल्याण्डग्रेनले माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटी चासो व्यक्त गरेकी हुन् । भेटमा ल्याण्डग्रेनले संविधान निर्माण, उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण, शान्ति प्रक्रिया, माओवादी लडाकुको समायोजन तथा पुनःस्थापना लगायत बारे माओवादीको धारणा बुझेकी छन् । माओवादीले संविधान निर्माण, शान्ति प्रक्रिया लगायतमा प्रतिवद्धता रहेको जनाउँदै माओवादीलाई शंका नगर्न आग्रह गरेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । अन्य दलका नेताहरुले बोलेका कुराले बेला बेलामा समस्या हुने गरेको बताउँदै उनले विगतका सहमति कार्यान्वयनमा आफूहरु प्रतिवद्ध रहेको अनमिनलाई आश्वस्त पारेका थिए । प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम सच्चिनुपर्ने माग राख्दै माओवादीले असोज मसान्त सम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
No comments:
Post a Comment