लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
(वीरगन्ज) एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा संविधानसभा विघटन गर्ने गम्भीर षड्यन्त्र भइरहेको बताउनुभएको छ। नेपाली कांग्रेसले संविधानसभा विघटन गर्न एमालेसँग प्रस्ताव राखेको विषय र्सार्वजनिक भएलगत्तै प्रचण्डको यस्तो धारणा बाहिर आएको हो।आइतबार वीरगन्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भारतीय माओवादीसँग विगतमा राजनीतिक सम्बन्ध भए पनि शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि भौतिक सहयोग नभएको बताउनुभयो।परिस्थिति बिगार्नेदेखि सावधान हुनुपर्ने बताउँदै प्रचण्डले भन्नुभयो- ‘अहिले भारतीय कम्युनिस्ट पार्टी हाम्रो कटु आलोचक बनेको बेला हाम्रो सहयोग छ भन्नु बेतुकको कुरा हो।’अध्यक्ष प्रचण्डले शान्तिप्रक्रिया र संविधान निर्माणप्रति आफूहरू कहिल्यै पनि अल्झिन नसक्ने भन्दै संसद् गतिरोध दुई चार दिनभित्रैमा अन्त्य होस् भन्ने चाहना रहेको बताउनुभयो।बजेट पारित हुनुपर्ने विषयमा आफू संवेदनशील भए पनि राष्ट्रपतिको असंवैधानिक कदम नसच्याएर सहज ढंगमा पारित गर्न दिने पक्षमा भने माओवादी नरहेको उहाँले प्रस्ट पार्नुभयो। उहाँले राजनीतिक गतिरोध अन्त्य गर्न राजधानी फर्केलगत्तै सोमबारबाट फेरि दलहरूसँग छलफल शुरु गर्ने बताउनुभयो। ‘शान्तिप्रक्रियालाई स्वाभाविक रूपमा अगाडि बढाउन राष्ट्रपतिको असंवैधानिक कदम सच्चिन आवश्यक छ’ -प्रचण्डले भन्नुभयो।शान्तिप्रक्रिया र संविधान निर्माणप्रक्रियालाई जोगाइराख्न र सफल बनाउन आन्दोलनमा होमिएको उहाँको कथन थियो। एमाले नेतृत्वको सरकार असंवैधानिक ढंगबाट बनेकाले माधव नेपालकै प्रधानमन्त्रीत्वमा माओवादीसहितको राष्ट्रिय सरकार सम्भव नभएको उहाँले स्पष्ट पार्नुभयो। उहाँले माओवादीलाई उत्तेजित पार्ने काम मन्त्रीहरूबाट भए पनि आफूहरूले शान्तिपूर्ण रूपमा नै आन्दोलन गर्ने बताउनुभयो।उहाँले आफूहरूको आन्दोलन केही दिनभित्रै सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो। सञ्चारकर्मीको जिज्ञासमा अध्यक्ष प्रचण्डले बजेट पारित भएपछि सरकारले जितेको भान पर्ने र माओवादी कमजोर भएको ठान्ने भूल गर्नुहुँदैन त्यो समस्याको समाधान पनि हुन सक्दैन भन्नुभयो।
No comments:
Post a Comment