लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/ डी बी आङ्बुङ
कार्त्तिक २१, किरात धर्मका महागुरु फाल्गुनन्दको १२५ औं जन्मजयन्ती यही कार्त्तिक २५ मा काठमाडौंमा मनाउने व्यापक तयारी भइरहेको छ । विगतझैं गरिने नियमित धार्मिक कार्यक्रमका साथ यो वर्ष महागुरुलाई 'राष्ट्रिय विभूतिको रुपमा' सरकारद्वारा घोषण गराउन दवाबस्वरुप पनि यो जन्मजयन्तीको आयोजना गरिएको बुझिएको छ । सो कुरा यही कात्तिक २१ जन्मजयन्ती मूल समारोह आयोजक समितिले काठमाडौंमा एक पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएका छन् । पत्रकार सम्मेलनमा जारी गरिएको किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिङ् थेगिमद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ- ''नेपालको जनसाङ्ख्यिक् तथ्याङ्क अनुसार मुलुकको चौथो धर्मको रुपमा रहेको 'किरात धर्म' का दर्शनदाता फाल्गुनन्द लिङ्देनलाई देवअवतारी व्यक्तिको रुपमा पुजनीय, सम्माननीय, आदरणीय एवम् उदहरणीय ठान्दै उहाँलाई 'मुहिगुम अङ्सीमाङ्' भन्ने गरिन्छ । त्यस्तै, वि. सं. १९८८ वैशाख २४ गते तत्कालीन १० लिम्बुवान १७ थुमका किरातीहरुलाई बोलाई चुम्लुङ (विराट भेला) गरी १० बुँदे 'सत्यधर्म मुचुल्का' खडा गर्नु भएको थियो । किरात समाजम चलेका विशेषतः धार्मिक तथा सामाजिक विकृति-विसङ्गतिलाई निर्मूल गर्न तथा सुसंस्कृत किरात समाजको स्थापनार्थ सबैको सहमतिमा सो मुचुल्का तयार गरिएको थियो । राजनीतिक तथा सामाजिक प्रतिकूल समयको बावजुत पनि उहाँले किरात समाज सुधारको निमित्त गरेको यो महान कार्यका कारण उहाँलाई 'बीसौं शताब्दीको महान् समाज सुधारक' पनि भन्ने गरिन्छ । विश्वको स्थिति भयवाह र कहालीलाग्दो हुने भविष्यवाणी आफ्ना चेलाभूलाहरुलाई पटक पटक गर्नुहुने उहाँले यसको स्थायी समाधान धर्म नै हो भन्नु भएको थियो । विश्व शान्ति तथा मानव एकताको लागि किरात धर्म र यसको धार्मिक ग्रन्थ 'साम्जिक् मुन्धुम्' मा उल्लेख भएका मन्त्रहरु नै काफी छन् भन्ने ठोकुवा गर्नुहुन्थ्यो । तसर्थ, वहाँ यसको संवाहकका रुपमा समेत अलङ्कृत हुनुहुन्छ । उहाँको नाममा सरकारले झापाको दमकदेखि इलामको माङ्सेबुङहुँदै पान्थरको राँकेसम्मको मार्गलाई 'फाल्गुनन्द मार्ग' घोषणा गरेको एक दशक हुनै लाग्यो । त्यस्तै उहाँको नाममा 'हुलाक टिकट' र माध्यमिक तहको पाठ्यक्रममा 'जीवनी' उल्लेख गरेको छ । तर, किरात धर्ममा सबैभन्द पुज्य एवम् सम्मानित व्यक्तिको रुपमा रहेका उहाँलाई हालसम्म 'राष्ट्रिय विभूति' घोषणा नगर्नुचाहिँ निश्चय नै विडम्बनापूर्ण भएको छ । यसको लागि सम्बन्धित् संघ संस्थाहरुले पटक पटक विविध तवरले सरकारसँग माग गर्ने कार्य जारी राखेको छ । आसा छ, यो सरकारले यसलाई गम्भीरतापूर्वक लिनेछ । विगत वर्षहरुझैं उहाँको जन्मजयन्ती यस वर्ष पनि हर्षोल्लासपूर्ण रुपले काठमाडौंमा मनाउने तय भएको छ । र, यसको तयारी अन्तिम चरणमा भइरहेको छ । यसलाई सफल तुल्याउन पत्रकार मित्रहरुलाई हार्दिक अनुरोध गर्दछौं ।''
कार्यक्रमः
१. साक्मुरा वादेम्मा (गालीश्राप बहन्ती)मितिः २०६६ कात्तिक २२ गतेस्थानः गोदावरी खोलासमयः विहान ८ बजे
२. विश्व शान्ति तथा सकल प्राणी रक्षार्थ महायज्ञ-नाम्धुङ् लाधुङ्सेमी सेवा)मितिः २०६६ कात्तिक २३ गतेसमयः विहान ८:०० बजेदेखिस्थानः माङ्सेसे हाङ्साम् माङ्हिम्, लुभु, ललितपुर
३. मूल समारोहःमितिः २०६६ कात्तिक २५ गते समयः दिनको १२:३० बजेदेखिस्थानः प्रज्ञाभवन कमलादी, काठमाडौं (भृकुटीमण्डपबाट १०:३० देखि र्याली शुरु)
आयोजक संस्थाहरुः
१. किरात धर्म तथा साहित्य उत्थान संघ, केन्द्रीय समिति (संयोजक)
२. किरात चोःत्लुङ् अङ्सी माङ्गेन्ना सेवा, केन्द्रीय समिति
३. महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठान
४. किरात ज्योतिष उत्थान संघ, केन्द्रीय समिति
५. किरात र्राई यायोख्खा, केन्द्रीय कार्य समिति
६. आदिवासी जनजाति विद्यार्थी महासंघ
७. लिम्बू विद्यार्थी मञ्च, केन्द्रीय समिति
८. किरात र्राई विद्यार्थी संघ, केन्द्रीय समिति
९. किरात धर्म तथा साहित्य उत्थान संघ, उपत्यका समिति
१०. किरात साम्यो माङ्सेवासाबा, उपत्यका समिति
११. किरात साम्यो नालीफुङ्वा, उपत्यका समिति
१२. किरात साम्यो थामेन्दिङ मा पाङयक पान्जुम्भो
१३. तान्छोगेन् येत्नाम सेवा समिति, काठमाडौं
१४. किरात सामुदायिक विकास केन्द्र
No comments:
Post a Comment