लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराईमा सशस्त्र आन्दोलन गरिरहेका चार संगठन एक भई आन्दोलन अघि बढाउने भएका छन्। अखिल तराई मुक्ति मोर्चा, तराई राष्ट्रिय मुक्ति सेना, तराई जनतान्त्रिक पार्टी अखिल तराई मुक्ति मोर्चा (अमिताभ) गरी चार संगठनले अखिल तराई मुक्ति मोर्चाका नाममा गतिविधिहरू सञ्चालन गर्ने निर्णयगरेको संयोजक जयकृष्ण गोइतद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ। तथाकथित मधेसवादी दलको समेत सहभागिता रहेको सरकारले कथित विशेष सुरक्ष कार्ययोजनाका नाममा तराई मूलका निवासीमाथि गरिएको ज्यादतिमाथि संस्था गम्भीर छ’ -विज्ञप्तिमा उल्लेख गरिएको छ। यस्तो आपराधिक कार्यको प्रतिरोधका लागि संस्था गम्भीर रहेको विज्ञप्तिमा जनाइएको छ।
No comments:
Post a Comment