News

Nov 16, 2009

त्रिविले प्रवेश र मासिक शुल्कमा दशगुणा शुल्कबृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
त्रिभुवन विश्वविद्यालयले मातहतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा प्रवेश र मासिक शुल्कमा दशगुणा शुल्कबृद्धि गरेको विरोधमा बिद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरेका छन् । त्रिविले बिद्यार्थी संगठनहरुलाई एक वचन पनि नसोधी एकलौटी रुपमा शुल्कबृद्धि गरेको भन्दै बिद्यार्थी संगठनहरु आन्दोलन उत्रन बाध्य भएको बताएका छन् । नेपाल बिद्यार्थी संघको धोवीधारास्थित केन्द्रीय कार्यालयमा आज ८ बिद्यार्थी संगठनको बैठक बसेको छ । बैठकले शुल्कबृद्धि विरुद्ध आन्दोलनका कार्यक्रम तय गरेको हो ।त्रिविले आंगिक क्याम्पसहरुमा मासिक शिक्षण शुल्क, प्रवेश शुल्क र पुस्तकालय शुल्कमा बृद्धि गरेको छ । हाल लिइरहेको शुल्कले निजी विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्न नसकिने र अहिलेकै अवस्थामा त्रिभुवन विश्वविद्यालय चल्न नसक्ने निष्कर्षनिकाल्दै विश्वविद्यँलय प्राज्ञिक परिषद्ले दश गुणा शुल्क बढाउने निर्णय गरेको हो । गत कात्तिक १८ गते नै परिषदले शुल्क बृद्धिको निर्णय गरेको भए पनि र्सार्वजनिक भने गरेको थिएन । त्रिविले लागू गरेको नयाँ शुल्कअनुसार स्तातक तहमा प्रवेशवापत मासिक पाँच सय र पुस्तकालय शुल्कवापत एक सय ५० रुपैयाँ तिर्नुपने छ । स्नातक अध्ययन गर्नेले अब बाषिर्क ६ हजार पाँच सय ५० रुपैयाँ तिर्नुपर्ने छ । त्रिविले हाल प्रवेश शुल्क ५०, मासिक शुल्क ५० र पुस्तकालय शुल्क ६० रुपैयाँ लिंदै आएको छ । त्यसैगरी स्नातकोत्तर तहमा प्रवेशवापत पाँच सयबाट बढाएर मासिक सात सय र पुस्तकालय शुल्कवापत दुई सय रुपैयाँ पुगेको छ । स्नातकोत्तर अध्ययन गर्नेले अब बाषिर्क १० हजार तीन सय रुपैयाँ तिर्नुपर्नेछ । स्नातकोत्तरमा हाल ५० रुपैयाँ प्रवेश शुल्क, मासिक ६१ रुपैयाँ र पुस्तकालयवापत ७५ रुपैयाँ शुल्क छ । आगामी शैक्षिक सत्रदेखि विस्थापन गरिने हुनाले प्रमाणपत्र तहको शुल्क भने त्रिविले तय नगरेको जनाएको छ । नयाँ शैक्षिक सत्रबाट सो निर्णय कार्यान्वयन गराउन देशभरका ६० आंगिक र ६ सय १५ सम्बन्धन प्राप्त क्याम्पसमा पत्रकाचारसमेत गरिसकिएको त्रिविले जनाएको छ । सरकारले त्रिविका लागि चालू आर्थिक वर्ष दुई अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ ।

No comments: