लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ नोभेम्बर, २००९,पर्साका सिडिओलाई कुट्ने कृषि राज्य मन्त्री करिमा बेगमलाई कार्वाही गर्नु पर्ने माग बढिरहदाँ उनकै पार्टी फोरम लोकतान्त्रिकले बेगममाथि कुनै कार्वाहि नहुने स्पष्ट पारेको छ । सो पार्टीका नेता एवं भौतिक योजना तथा निर्माण राज्यमन्त्री संजयकुमार शाहले बेगममाथि कुनै कार्वाहि नहुने स्पष्ट पारेका हुन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै शाहले भने बेगमलाई नत सरकारले कार्वाही गर्छ नत हाम्रो पार्टीले नै । यस बारेमा सरकार पनि मौन रहदैँ आएको छ । सरकारले भने फोरम लोकतान्त्रिकको आधिकारिक धारणा आएपछिमात्र निर्णय लिने बताएको छ । सिडिओ समाजका अध्यक्ष डिल्ली शिवाकोटीले राज्यमन्त्री करिमा बेगमलाई तत्काल पदबाट हटाउन माग गरेका छन् । उनले कानुको रक्षा गर्न बसेको मन्त्रीबाटै अवहेलना भएको भन्दै कारबाही गर्नुपर्ने बताए । नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष गणेश बस्यालले सिडिओ दुर्गाप्रसाद भण्डारीमाथि हातपात गर्ने राज्यमन्त्री करिमा बेगममाथि कानुन बमोजिम कारबाही हुनुपर्ने बताए । बेगमलाई पदमा रहने नैतिक अधिकार नरहेको बताउदै भनेुकर्मचारीलाई हातपात गर्ने मन्त्री चाहिदैन । उनले कार्वाहि नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।
No comments:
Post a Comment