News

Nov 9, 2009

पूर्व सचिवले समितिको कार्यालयमा एक्लैले तालाबन्दी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
डोटी, कार्तिक २३ आफ्नो करार अवधि नथपेको भन्दै स्थानिय शान्ति समिति डोटीका पूर्व सचिव राजेन्द्र सिहले समितिको कार्यालयमा एक्लैले तालाबन्दी गरेका छन् ।अषाढ महिनादेखि आफ्नो करार अवधि नथपी एकाएक जागिरबाट निष्काशन गरेको आरोप लगाउदै असोज ४ गते समितिको कार्यालयमा तालाबन्दी गरेका थिए । उनले अहिलेसम्म आन्दोलन जारी राख्दा समितिका कामकाज ठप्प भएका छन् । माओवादीको सिफारिसमा राजनैतिक नियुत्ती पाएका सिंहको तीन महिने करार अवधि अषाढ महिनामा सकिएको थियो । सुदूरपश्चिमका ९ वटै जिल्लामा शान्तिमन्त्रालयले कर्मचारी भर्नाका लागि क्षेत्रीय प्रशसनमा विज्ञापन प्रकाशित गरेको थियो । सिंहले आफूहरुको नै करार अवधि थप गर्नु पर्ने भन्दै यस अघि नै क्षेत्रीय प्रशसन कार्यालयमा परेका आवेदन फाराम लुटे पछि उक्त कार्यालयले नौ वटै जिल्लाका लागि पुनः विज्ञापन गरेको छ । अनावश्यक वखेडा झिकेर कामकाजमा अवरोध गरेको भन्दै स्थानिय शान्ति समिति डोटीले सोमबार प्रेस विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा समितिका अध्यक्ष देवबहादुर खड्काले सिमितिलाई सिंहको काम गरेको चित्त नवुझेकाले करार अवधि नथपेको स्पष्ट गरेका छन् । उनले सिंहले गरेको आन्दोलनलाई माओवादीले समर्थन गरी चर्काउन खोजेको आरोप समेत लगाए ।

No comments: