लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिडिओलाई हातपात गरेकी कृषीराज्य मन्त्री करिमा बेगमले आफूले आवेशमा आएर सिडिओ माथि हातपात गरेको भन्दै गल्ति स्वीकार गरेकी छिन । चारैतिर बाट कार्वाही गर्नु पर्ने दबाब बढेपछि उनले गल्ति स्वीकार गरेकी हुन् । आज एक बिज्ञप्ती मार्फत राज्यमन्त्री बेगमले सिडओको गैरजिम्मेवार प्रवृति बिरुद्ध आफूले आवेशमा आएर हातपात गरेको घटना आफैलाई ननिको लागेको बताएकी छिन् । उता कर्मचारी संघसंगठनहरुले भने उनलाई बर्खास्त नगरेसम्म आन्दोलन जारी राख्ने भन्दै भोली देखि अर्को चरणको आन्दोलन घोषणा गरेका छन् । सरकारले बेगमलाई कार्वाही नगरी यस्तो बिज्ञप्ती निकाल्न लगाएको भन्दै राजनीतिक दलहरुले पनि असहमति जनाएका छन् ।मन्त्रीद्धारा जारी बिज्ञप्तीको पूर्ण पाठ यस्तो छ ।
No comments:
Post a Comment