News

Nov 12, 2009

काँग्रेसको केन्द्रिय समितिको बैठकमा नेताहरुबीच चर्का चर्की

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ नोभेम्बर, २००९,महासमितिको उपलब्धिको बारेमा छलफल गर्न बसेको नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठकमा नेताहरुबीच चर्का चर्की बढेपछि कुनै ठोस निर्णय गर्न नसकि स्थगित भएको छ ।
बैठक शुरु हुनासाथ केन्द्रीय सदस्यहरुले उपसभापति रामचन्द्र पौडेलले पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई बिभिन्न आक्षेप लगाएको भन्दै बिरोध जनाएपछि बैठकमा बिबाद सृजना भएको थियो ।
केन्द्रिय सदस्य बलबहादुर के.सी. चिरञ्जीवि वाग्ले, केबी गुरुङ लगायतका नेताहरुले सभापतिको चरित्र हत्या हुनेगरी पौडेलको बोलेको भन्दै बैठकमै हुटिङ भएपछि उपसभापति पौडेलले स्पष्टिकरण दिनु परेको थियो । त्यस क्रममा उपसभापति पौडेलले सभापति कोईरालाको पत्रपत्रिकामा आएजस्तो गरेर चरित्र हत्या नगरेको जवाफ दिनु भएको केन्द्रीय सदस्य गोबिन्दराज जोशीले जानकारी दिनुभयो । उपसभापति पौडेलले हिजो गृहनगर तनहुमा सभापति गिरिजा प्रसाद कोईराला पार्टी बिभाजन गर्न र पार्टी भित्रको ब्रि्रह ल्याउन प्रमुख जिम्बेवार रहेको आरोप लगाउनु भएको थियो । पौडेलले भने उक्त समाचारनै असत्य रहेको दाबी गरे । काँग्रेसको हालै सम्पन्न महासमितिको बैठकका निर्णयका बारेमा भोली बाट बैठकमा छलफल हुने केन्द्रिय सदस्य जोशिले जानकारी दिनुभयो । बैठक भोली बिहानसम्मका लागि स्थगित गरिएको छ ।

No comments: