लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०९नोभेम्बर,२००९, नयाँ बन्ने संविधानमा राष्ट्रिय सुरक्षा नीति तय गर्नका लागि संसदको राज्यव्यवस्था समितिका सदस्य ५१ जना सभासदहरुको जम्बो टोली पोखरामा गोप्य बैठक गरी आज सोमबार काठमाडौं फर्किएको छ । गोप्य बैठकका लागि सभासदहरु शुक्रबार बेलुका नै पोखरामा पुगे पनि बैठक भने शनिबारदेखि शुरु भएको थियो ।समितिका सभापति रामनाथ ढकालसहित सभासद टोलीमा एमाले नेता प्रदीप ज्ञवाली, एकीकृत माओवादीका प्रवक्ता दीनानाथ शर्मा, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, एमालेका रवीन्द्र अधिकारी, हितकाजी गुरुङ, सपना मल्ल प्रधान, काँग्रेसका पूर्णबहादुर खड्का, अर्जुन जोशी लगायतका रहेका छन् । सभासदहरुले राष्ट्रिय सुरक्षा नीतिका बारेमा छलफल गरेका थिए । बैठकमा विद्यमान सुरक्षा नीतिलाई पुनरावलोकन र परिमार्जन गर्नुपर्नेमा सभासदहरुले जोड दिएको बताइएको छ । बैठकमा सुरक्षा बलमा संसदीय अनुगमन, सुरक्षा निकायको काम जनउत्तरदायी बनाउने, सुरक्षा अधिकारीहरुको सरुवा बढुवा लगायतका बिषयमा छलफल भएको बताइएको छ ।

No comments:
Post a Comment