News

Nov 12, 2009

माओबादीका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप/ दुई सभाषद घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ नोभेम्बर, २००९ ,सिहदरबारको दक्षिण गेटनजिकै काठमाण्डौ जिल्ला प्रशासन अगाडि धर्नामा बसेका माओबादीका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ । झडपमा माओबादीका दुई जना सभासद् सहित केहि धर्नाकारी घाइते भएका छन् । निषेधीत क्षेत्र प्रबेश गर्ने क्रममा प्रहरी संग भएको झडपमा माओबादीका सभासद् शिवचन्द कुशहवा र शुष्मा शर्मा घिमिरे र्घाइते भएको माओबादीले जनाएको छ । माओबादीका कार्यकर्ता शिवचन्द्र कट्टेल पनि गम्भिर घाइते हुनु भएको छ ।माओबादीका केन्द्रिय नेता कष्णबहादुर महरा र लिलामणी पोखरेलले नेतृत्व गरेको धर्नाका माओबादी कार्यकर्ताले निषेधित क्षेत्रमा प्रबेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको प्रहरीले जनाएको छ । झडप पछि माओबादीका कार्यकर्ताले सडकमा राखेका डिभाइडर फुटाउन शुरु गरेपछि प्रहरीले स्थीतिलाई नियन्त्रणमा लिनकालागि प्रहरीले केहि सेल अश्रुग्यापनि हानेको छ । झडप पछि सिहदरबार दक्षिण गेट तनाव ग्रस्त बनेको छ ।

No comments: