News

Nov 9, 2009

नेपालको राजनीति भारतको हातमा - उपेन्द्र यादव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०९ नोभेम्बर, २००९,मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीति भारतको हातमा रहेको बताएका छन् । उनले इस्लामहरुको पबित्र स्थल मक्का मदिना भए जस्तै नेपालको राजनीनिको पवित्र स्थल भारत भएको बताएका छन् । भ्रमणबाट हिजो मात्र स्वदेश फर्केका उनले त्यहाँ नगइ नेपाली राजनीतिबारे कुनै निर्णय नआउने दाबी गरे । यादवले भने 'इस्लाम धर्मका लागि मक्का मदिना भनेजस्तै हो नेपाली राजनीति । यसअघि सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुदै माओवादीसँगै आन्दोलन थाल्ने बताएका यादवले दलहरुबीच आपसमा छलफल गरी राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुको विकल्प नभएको पनि दोहोराए । उनले स्थायी शान्ति, संविधान निर्माण र राष्ट्रिय सहमति कायम गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्नका लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा प्रयत्न भइरहेको बताए । केही समयभित्रै दलहरुबीच सहमति हुने दाबी गर्दै यादवले आफ्नो दल सरकारमा सहभागि हुने नहुने बारे 'दलहरुबीच हुने सहमतिमा भर पर्ने बताए ।

No comments: