News

Nov 10, 2009

फ्रान्सको राजधानी पेरिसमा सम्बन्धविच्छेद मेला सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पेरिस/ फ्रान्सको राजधानी पेरिसमा आइतबारदेखि सम्बन्धविच्छेद मेला सुरु भएको छ । पहिलोपटक भएको यस्तो मेलामा लाखौं मानिसको भीड लाग्ने अनुमान गरिएको छ । आइतबार मात्र सम्बन्धविच्छेद मेलामा हजारौं मानिस सहभागी भएका थिए ।फ्रान्समा ५० प्रतिशत बिहे सम्बन्धविच्छेदमा टुंगिन्छन् । राष्ट्रिय जनसख्या अध्ययन संस्थानका अनुसार सन् २००७ मा सम्बन्धविच्छेदका लागि एक लाख ३० हजार निवेदन परेका थिए । १९७७ मा सम्बन्धविच्छेदका लागि केवल ५० हजार निवेदन मात्रै परेका थिए ।'न्यु स्ट्राट' नयाँ सुरुवात नाम दिइएको यस मेलामा ६० स्टल राखिएका छन् । यी स्टलले सम्बन्धविच्छेदसँग जोडिएका विभिन्न विषयमा सल्लाह दिनेछन् । सम्बन्धविच्छेद गरेपछि कसरी आफ्नो खुट्टामा उभिने, आफ्नो सम्मान कायम गर्नेबारेमा पनि सल्लाह दिइन्छ ।दुई दिनसम्म हुने सम्बन्धविच्छेद मेलामा 'आफ्नो छवि पुनः प्राप्त गर्न प्लास्टिक सर्जरीको भूमिका', 'गेस्टाल्ट पद्धति प्रयोग गरेर कसरी पार्टनरलाई आकषिर्त गर्ने' साथै 'कसरी प्रेमीप्रेमिकालाई वेबसाइटमा भेट्ने' र 'सम्बन्धविच्छेद : वकिलले के गर्छन्' विषयमा अन्तरक्रियात्मक कार्यक्रम पनि भएको थियो ।फ्रेन्च राष्ट्रपति निकोलस सार्काजीले राष्ट्रपतिको पदभार सम्हालेको केही महिनामै दोस्री श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि सम्बन्धविच्छेद मेला आयोजना गर्ने सोचेको मेला आयोजक बि्रगेटी गोमेतले बताइन् ।'राष्ट्रपतिको सम्बन्धविच्छेद भएको समाचार सार्वजनिक भएपछि सम्बन्धविच्छेदप्रतिको नकारात्मक धारणा बदलिएको छ जस्तो लाग्यो । सम्बन्धविच्छेद साधारण भएजस्तो लाग्यो,' बि्रगेटीले भनिन्, 'थुप्रै मानिसले सम्बन्धविच्छेद गरेका छन् । सम्बन्धविच्छेद गर्ने क्रम बढ्दो छ । सम्बन्धविच्छेदपछि वा श्रीमान् वा श्रीमतीको मृत्युपछि एकल भएका मानिसहरू कसरी पुनः साथी खोज्ने, जीवनलाई कसरी पुनर्निर्माण गर्नेबारेमा जानकारी खोजिरहेका हुन्छन् ।'

No comments: