लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
झापा, कात्तिक २७- राष्ट्रपति रामवरण यादवको कार्यक्रम बिथोल्न एकीकृत माओवादीले शुक्रबार झापा बन्दको आह्वान गरेको छ। राष्ट्रपति यादव मेची आँखा अस्पतालको नवनिर्मित भवन उदघाटनका लागि मध्याह्न १२ बजे त्यहाँ पुग्दैछन्। माओवादीका जिल्ला नेताले काठमाडौँमा सिंहदरबार घेराउको क्रममा आफ्ना कार्यकर्तामाथि भएको दमनको विरोधका लागि झापामा यातायात बन्द गरेको औपचारिक प्रतिक्रिया सञ्चारकर्मीहरुलाई दिएका छन्। माओवादी आह्वानका कारण झापामा यातायात ठप्प हुन पुगेको छ।
No comments:
Post a Comment