News

Nov 10, 2009

वेव साइटमार्फत् देह ब्यापार गराउने गिरोह प्रहरीको खोरमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुलुकामा प्रहरी प्रशासन छ भन्ने कुरा महानगरीय प्रहरी परीसर काठमाडौंले प्रमाणीत गरीदिएको छ। वेबसाइट मार्फत खुलम् खुल्ला देह ब्यापार गर्ने गिरोहलाई समाचार प्रकाशित भएको २४ घण्टा बित्न नपाउदै प्रहरीले पक्राउ गरेको छ।वेबसाइटलाई माध्यम बनाएर खुलम खुल्ला रुपमा प्रशासनलाई नै चुनौती दिंदै वेश्वावृत्ति गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले नाटकीय रुपमा ग्राहक बनेर ताहाचलबाट एक युवतीलाई प्रक्राउ गरेपछि हाल देखिएका गिरोहककी नाइके संगिता श्रेष्ठ पनि पक्राउ परेकी हुन्। वर्ष ३३ कि संगिता विरगञ्ज विवासी भएको प्रहरीले बताएको छ। प्रक्राउ पर्ने अन्यमा इटहरी घर भई ताहाचल बस्दै आएकी वर्ष १८ की ज्योती राई, झापा झुरुङ्गा घर भई ताहाचल बस्ने वर्ष १९ की ममता प्रसाई र नेपालगञ्ज घर भई हाल नयाँ बानेश्वर बस्ने वर्ष २२ की रुविसिंह ठकुरी रहेकी छिन्। ठकुरी डिप्लोमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ। पक्राउपछि ठकुरीले आत्माहत्या गर्छु भन्दै भित्तामा टाउको हान्न थालेपछि उनलाई हत्कडी लगाएर राख्नु परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख नवराज सिलवाले बताएका छन्। त्यसैगरी युवतीहरुसँगै वर्ष ३३ का मोहन ढकाल, गोठाटार निवासी डिकबहादुर खत्री पनि पक्राउ परेका छन्। ढकाल मेनपावर व्यवसायी हुन भने खत्री शिक्षक भएको प्रहरीले बताएको छ। गिरोहको अनुसन्धान भइरहेकाले वेश्वावृत्ति गर्ने अन्य थुप्रै समातिन सक्ने प्रहरीले जनाएको छ। राजधानीमा साइवर क्राइम र वेव साइटमार्फत् वेश्यावृति भइरहेको प्रमाण फेला परेको समचार एवीसी अनलाइनले पहिलो पटक प्रकाशित गरेको थियो। नेपाल सेक्सगाईड डटकम नामकरण गरीएको उक्त साइटले नेपाली युवातीहरू पाँचतारे होटल र भिआइपीहरूको घर–घरमा सप्लाई गर्ने गरेको रहस्य खुलेको थियो। साईटले दाबी गरे अनुसार नेपाली सुन्दर युवतीहरू चालीस भन्दा बढी सम्पर्कमा रहेको तथा व्यापारी वर्ग र घरानीया परीवारका व्यक्तिहरूलाई पाँचतारे होटल तथा घर–घरमा पठाउने गरेको छ। साइटको गृहपृष्ठबाट भित्र छिरेपछि साइटले आफ्नो वारेमा लेखेको छ – यो पेशामा लागेका युवतीहरूमा कलेज पढ्ने, स्थापित तथा मोडलिङ्ग क्षेत्रमा प्रवेश गर्दै गरेका मोडल, कम उमेरका व्यवसायी युवती र केहि फिल्म उद्योगका युवतीहरू समेत रहेका छन्। अझ साईटले सबैभन्दा राम्री युवतीहरू मात्र उनीहरुसँग नभएर सबैभन्दा राम्रो शरीर, अनुहार भएका र ग्राहकलाई जस्तो सुकै चरम आनन्द दिन सक्ने युवतीहरू आफूसँग भएको साईटले दाबी गरेको छ। साईटले उक्त सेवा लिन चाहने जो कोहीलाई सम्पर्क गर्न भन्दै जोन भन्ने व्यक्तिको नाममा ९८४९०५५४५७ नेपाली नम्बर नै साइटमा राखेर नेपाली प्रहरी प्रशासनलाई नै खुल्ला चुनौती दिएको थियो

No comments: