लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३नोभेम्बर,२००९, एकीकृत माओवादीको सिंहदरबार घेराउको दोस्रो दिन आज शुक्रबार गृह प्रशासनले सुरक्षा रणनीतिमा परिवर्तन गरिएको छ । बिहिबार जनपथ प्रहरीलाई सुरक्षा घेराको अग्रपंक्तिमा राखिएकोमा आज सशस्त्र प्रहरीलाई राखिएको छ । सिंहदरबार वरपर क्षेत्रमा खटिएका सुरक्षाकर्मीमा सशस्त्र प्रहरीलाई अग्रपंक्तिमा राखिएको हो । बिहिबार धर्नाका क्रममा दक्षिणीगेट लगायतका स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झड्प भएपछि उच्च सुरक्षा र्सतर्कता अपनाउँदै सुरक्षा रणनीति परिवर्तन गरिएको बताइएको छ । सिंहदरबार वरपर आज झण्डै दश हजार प्रहरी परिचालन गरिएको गृह मन्त्रालयस्रोतले जनाएको छ । बिहान ६ पनि नबज्दै सिंहदरबारभित्र प्रवेश गर्नुभएका गृहमन्त्री भीम रावलले आज सिंहदरबारका चार वटै ढोकाको निरीक्षण गर्दै सुरक्षा अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।
No comments:
Post a Comment