लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०३ मार्च,२०१०,रौतहटको सन्तपुरमा रहेको ओम कलेजका अध्यापकको रिहाईको माग गर्दै आन्दोलनमा उत्रिएका बिद्यार्थी र प्रहरीबीच आज बुधबार सन्तपुर, चन्द्रनिगाहपुर लगायतका स्थानमा झड्प भएका छन् । प्राप्त समाचार अनुसार आन्दोलनरत बिद्यार्थीहरुले वन कार्यालयका प्रमुख बस्ने क्वार्टरमा ढुंगामुडा गरेपछि बिद्यार्थीहरुको भीडलाई तितरवितर पार्न प्रहरीले सात राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । झड्पपछि चन्द्रनिगापुर बजार तनावग्रस्त बन्न पुगेको छ । प्रहरीले आन्दोलनकारीलाई लखेट्ने क्रममा स्थानीय बासिन्दाहरुको घरघरमा प्रवेश गरी आतंक मच्चाएको आरोप स्थानीय बासिन्दाहरुले लगाएका छन् । सन्तपुरमा निर्माण भईरहेको क्याम्पस भवन निर्माणका लागि जंगलबाट ट्याक्टरमा सालको गोलिया ल्याउँदै गर्दा अध्यापकसहित ट्याक्टर चालक दुर्गा चौधरी, मजदूर अन्चित पासवानलाई वन गस्ती टोलीले तीन दिन अगाडि पक्राउ गरी कारवाही प्रक्रिया अगाडि सारेको थियो ।

No comments:
Post a Comment