News

Mar 3, 2010

विशेष सुरक्षा योजनाको पुनरावलोकन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन १९,सरकारले देशमा विभन्न भागमा भइरहेको हत्याहिंसाको श्रृखलालाई नियन्त्रण गर्न गृह मन्त्रालयले लागू गरेको विशेष सुरक्षा योजनाको पुनरावलोकन गरी थप प्रभावकारी बनाउने भएको छ। आज बसेको मन्त्री परिषद्को वैठकले सरकारको विशेषा सुरक्षा योजनालाई सरोकारवालसँग छलफल गरी प्रभावकारी बनाउने निर्णय गरेको हो। तेक्वान्दो खेलाडी दीपक विष्टलाई राष्ट्रिय सम्मानसहित १० लाख रुपैयाँ दिने तथा वंगलादेशमा आयोजित साग खेलकुदको लिफ्ट दुर्घटनामा परी घाइते भएकाहरुलाई सरकारले निशुल्क उपचार गर्ने निर्णय भएको सरकारका प्रवक्ता शंकर पोखरेलले जानकारी दिए। आजै सरकारले विज्ञापन संघ, मिडिया सोसाइटी, व्रोडकास्ट एसोसिएसन लगायतका संस्थाका लागि शान्तिनगरमा रहेको सरकारी जग्गा भोगचलन गर्न दिने निर्णयसमेत गरेको छ।

No comments: