लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्पेनिस दिग्गज क्लब रियल म्याड्रिड र बार्सिलोना फेरि एकपटक फुटबलजगत्कै विश्वकै धनी क्लब बनेका छन् । यस सिजनमा खेलाडीमाथिको खर्च तथा व्यवस्थापनमा खर्चिएको आधारमा स्पेनिस क्लबले शीर्ष दुई स्थान रक्षा गरेका हुन् । युरोपको डेलोटिज स्पोट्र्स कम्पनीले गत जनवरीसम्म गरेको सर्वेक्षणअनुसार धनी क्लबहरू सार्वजनिक भएको हो । संसारकै धनी क्लबको छिनोफानो हुँदा रियल म्याडि्रडले बाजी मारेको छ । म्याड्रिडले स्पेनिस लिगको चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनालाई दोस्रो स्थानमा धकेल्यो । रियलले सिजनमा क्रिस्टियानो रोनाल्डो, साबी ओलोन्सा तथा काकाजस्ता विश्वस्तरीय खेलाडीलाई करोडौँ डलर खर्चेर क्लबमा भित्र्याएर तहल्का मच्चाएको थियो । तीन दिनअघि सिजनको पहिलो उपाधिका रूपमा 'कार्लिङकप' भित्र्याएको म्यानचेस्टर युनाइटेडले तेस्रो स्थानमा चित्त बुझायो । युरोपियन बजारमा पाउन्ड स्ट्रलिङको भाउ घटेको कारण म्यानचेस्टर तेस्रोमा रहेको सर्वेक्षणमा उल्लेख छ । अघिल्लो सिजनमा म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा थियो । रियल म्याडि्रडले आफूलाई एक नम्बरको धनी क्लब बनाउँदा ४ अर्ब १४ लाख युरो खर्चेको थियो । यसको तुलनामा बार्सिलोनाले ३ अर्ब ६ करोड ५९ लाख युरो खर्च देखिन्छ । म्यानचेस्टरले भने ३ अर्ब २७ लाख युरो खर्चियो । इंग्लिस टोलीले शीर्ष दुई स्थानमा अटाउन नसके पनि दस शीर्षमध्ये ६ क्लबहरूले स्थान सुरक्षित गरेका छन् । यता जर्मनीको बायर्नम्युनिखले २ सय ८९ मिलियन युरो खर्चेर चौथो स्थान रक्षा गरेको छ । पि्रमियरसिप उपाधिको दाबेदारी दिइरहेको आर्सनलले २ सय ६३ मिलियन युरो खर्च गर्दै पाँचौँ स्थान प्राप्त गर्यो । पाँच वर्षअघि सर्वाधिक डलर खर्चेर खेलाडी भित्र्याउने परम्परा सुरु गरेको चेल्सी भने छैटौँ स्थानमा छ । चेल्सीको २ सय ४२ मिलियन युरो छ । च्याम्पियन्स लिगलाई ६ पटक उचालेको लिभरपुलको आम्दानी २ सय १७ मिलियन युरो छ । त्यसपछिको दुई स्थान इटालियन क्लबले ओगटेका छन् । इन्टरमिलान र एसीमिलानले समान १ सय ९६ युरो मिलियन खर्च गर्यो । युरोपियन तथा अमेरिकन राष्ट्रले विश्वमा आर्थिक मन्दी आइरहेको बताए पनि युरोपियन क्लबमा त्यसको केही असर नपरेको सर्वेक्षण गरेको कम्पनी डेलोटिजले जनाएको छ । कम्पनीका अनुसार क्लबको आफ्नै आयस्रोतका कारण उनीहरूलाई आर्थिक मन्दीले असर नगरेको हो । विश्वका शीर्ष २० धनी क्लबले नयाँ सिजनमा २६ मिलियन युरो आम्दानी गरेका छन् । अघिल्लो वर्ष सोही क्लबले ३ अर्ब ९० करोड युरो कमाएको थियो । आर्थिक रूपमा कमजोर कतिपय क्लबहरूलाई भने आर्थिक मन्दीले असर पारेको कम्पनीले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष नौ क्लबलाई आर्थिक मन्दीले छोएको कम्पनीको दाबी छ । स्थानीय डलरमा आएको ह्रासले गर्दा ती क्लबहरू माथि उठ्न नसेकेका डलोटिजले उल्लेख गरेको छ ।'प्रत्येक वर्ष क्लबहरूको आयव्ययको मूल्यांकन गर्दै आएका छौँ,' कम्पनीका डान जोन्सले एजेन्सीलाई भने, 'त्यसअनुरूप यसपालि पनि धनी क्लबहरू सार्वजनिक गरेका हौँ ।' संसारका धनी राष्ट्रले विश्वमा आर्थिक मन्दी चलेको घोषणा गर्दा पनि युरोपियन क्लबको आयस्तर बढ्दा तारिफयोग्य भएको उनले बताए । 'संक्रमित अवस्थामा पनि धनी क्लबहरू घाटामा गएनन्,' उनले भने, 'उनीहरूले आम्दानीलाई दोब्बर पारे, यो प्रशंसनीय पक्ष हो ।' उनका अनुसार प्रतियोगिता खेल्ने स्थान तथा प्रतिद्वन्द्वीअनुरूपै क्लबको आम्दानी निक्र्योल हुन्छ । यसैगरी, दर्शक तथा विज्ञापन पनि क्लबको आम्दानीको अर्को हिस्सा हुन् । विज्ञापन तथा समर्थक कम हुने क्लबको आयस्रोत पनि अन्य क्लबको तुलनामा ह्रास आएको सर्वेक्षणले देखाएको जोन्सले बताए । 'घरेलु दर्शक तथा विज्ञापन नियमित हुने क्लबको आम्दानी निकै बढी छ,' उनले भने, 'रियल, बार्सिलोना तथा म्यानचेस्टरको सो पक्ष बलियो छ ।'उनले स्पेनिस क्लबहरू टेलिभिजन विज्ञापनमा निकै अगाडि रहँदा इंग्लिस क्लबलाई पछि पारेको तर्क राखे । 'स्पेनिस क्लब टेलिभिजन विज्ञापन गर्नमा निकै व्यावसायिक छन्,' जोन्सले स्पष्ट पार्दै भने, 'इंग्ल्यान्ड, फ्रेन्च, जर्मनी तथा इटालीहरू त्यति व्यावसायिक देखिँदैनन् ।' म्याड्रिडको वाषिर्क आम्दानीमध्ये १८ प्रतिशत हिस्सा टेलिभिजन प्रसारणले ओगटेको छ । यसैगरी च्याम्पियन्स लिग खेल्दा म्याडि्रडले थप १८ दशमलव १ प्रतिशत आम्दानी गर्छ ।
No comments:
Post a Comment