News

Mar 2, 2010

चुरे भावर राष्ट्रिय एकता पार्टीले यातायात बन्द गराए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उदयपुर, फाल्गुन १९,पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै चुरे भावर राष्ट्रिय एकता पार्टीले बुधबार बिहानैदेखि उदयपुर सदरमुकाम गाईघाटको यातायात बन्द गराएको छ । पार्टीका बरिष्ठ उपाध्यक्ष बाबु भन्ने मेघबहादुर थापा लगायत ७ जनालाई प्रहरीले पक्राउ गरि ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना मुद्धामा थुनामा राखेको भन्दै मंगलबार यातायात बन्द गराउँदै हिडेका भावरका कार्यकर्ता दिपक महत र रमेश कार्कीलाई उदयपुर प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले उनीहरुलाई नछाडेको भन्दै भावरका कार्यकर्ताले बिहानैदेखि सगरमाथा राजमार्गको गाईघाट-कद्माहा सडक खण्डको बगहामा मुढा राखेर यातायात अवरुद्ध गराएका छन ।सडक अवरुद्ध हुदाँ सदरमुकामबाट मुलुकका विभिन्न भागकालागि हिडेका दुई दर्जन बढि सवारी साधन बाटोमा अलपत्र परेका छन । दुईवटा सवारी साधन तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेका भावरका दुई कार्यकर्ता मध्ये महतलाई हिजै छाडिसकेको छ । कार्कीलाई भने आवश्यक अनुसन्धानकालागि हिरासतमै राखिएको प्रहरी नायव उपरीक्षक मनोज यादवले वताए ।प्रहरीले भावरको बन्द असफल पार्न ठाउठाउमा प्रहरी परिचालन गरेपनि अझैसम्म यातायात संचालन हुन सकेकेा छैन ।

No comments: