लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ मार्च,२०१०,चैत १,थारुका आठ संगठन र ताम्सालिङको बन्दका कारण आज विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ। थारु संगठनहरुले तराईका सबै २२ जिल्लाहरुमा बन्द आह्वान गरेको छ भने ताम्सालिङले धादिङ, चितवन र मकवानपुर तीन जिल्ला बन्द गरेको छ। संविधान निर्माणमा भइरहेका ढिलाइ र संविधानसभाको म्याद थप्ने तयारी भएको भन्दै त्यसको विरोधमा आज तराईका सम्पूर्ण जिल्ला बन्द गरिएको थारु कल्याणकारी सभाका महाचिव राजकुमार लेखीले जनाएका छन्। सरकारले गत वर्ष चैत १ गते थारू कल्याणकारिणी सभा लगायतका संस्थाहरूसँग गरेको ६ बुँदे सहमति कार्यान्वयन गर्नुको सट्टा तुहाउने काम गरेको आरोप उनले लगाएका छन्। बन्दका कारण तराईका विभिन्न जिल्लामा जनजीवन प्रभावित भएको छ। यसैगरी संविधानसभाको राज्य पुनर्संरचना समितिले प्रस्तुत गरेको १४ प्रदेशको अवधारणाप्रति असहमति जनाउँदै ताम्सालिङले धादिङ, चितवन र मकवानपुर जिल्ला बन्दको आह्वान गरेको छ। बन्दका क्रममा पत्रिका बोकेको गाडी जलाउनुका साथै १२ भन्दा बढी गाडीमा क्षति पुर्याइएको बताइएको छ। बन्दका कारण मनकामना केबल कार समेत बन्द भएको छ। उता संघीय लिम्बुवान परिषद्ले आफ्ना गिरफ्तार कार्यकर्ता रिहाइको माग गर्दै आज झापा जिल्ला बन्द गरेको छ। बन्दका कारण झापाका प्रमुख बजारहरु बन्द छन्। प्रहरीले बन्द सफल पार्न तोडफोड गर्दै हिँडेको आरोपमा लिम्बुवानका दुई कार्यकर्तालाई आज बिहान पक्रेको छ।
Mar 13, 2010
लिम्बुवान,थारु,ताम्सालिङ बन्दले जनजीवन प्रभावित
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment