News

Mar 14, 2010

सुजाताद्वारा लेखा समितिमा बयान दिन नजाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ मार्च,२०१०,उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री सुजाता कोइरालाले कार्यव्यवस्तताका कारण आफू संसदको र्सार्वजनिक लेखा समितिमा बयान दिन नजाने बताएकी छिन् ।आज मन्त्रिपरिषदको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री कोइरालाले मेसिनले पढ्ने पासपोर्ट भारतमा नै छापिने दोहोर्‍याइन । लेखा समितिले मेसिनले पढ्ने पासपोर्ट प्रतिस्पर्धाका आधारमा छपाउन निर्देशन दिएपनि मन्त्री कोइरालाले भारतमै छपाउने अडान राख्दै आएकी छिन् । लेखा समितिमा अप्रजातान्त्रिक व्यक्तिहरुको भीड रहेको भनी आलोचना गरेपछि समितिले मन्त्री कोइरालालाई यही चैत ८ गते बयानका लागि बोलाएको छ ।

No comments: