लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ मार्च,२०१०,निर्धारित समयमा नै नयाँ संविधान बन्नुपर्ने माग गर्दै लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनले आज आइतबारबाट नागरिक सत्याग्रह गर्दैछ । सत्याग्रह एक सय बीस घण्टासम्म जारी रहने आन्दोलनले जनाएको छ । राजधानीको नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि आज बिहान १० बजेबाट नागरिक सत्याग्रह शुरु हुने आन्दोलनले जनाएको छ । सत्याग्रहमा देशभरका नागरिक समाजका अगुवा तथा पेशागत संगठनका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । आन्दोलनले समयमा नै संविधान निर्माणका लागि विविध दबाबमुलक कार्यक्रम आयोजना गर्दै आएको छ ।

No comments:
Post a Comment