लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सञ्चार उद्यमी जमिम शाहको हत्यामा संलग्न रहेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटका किशोर खड्का, उनकी प्रेमिका र अर्का एक पुरुष रहेका छन्। खड्का सामाखुसीबाट पेस्तोलसहित पक्राउ परेका हुन्। प्रहरी नियन्त्रणमा रहेका अन्य अभियुक्तका बयानको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीस्रोतले शाहहत्यामा प्रयोग गरिएको हतियार सामाखुसी खोलामा फ्याँकिएको अवस्थामा बरामद गरिएको पनि जानकारी दिएको छ। कार्गो व्यवसायी श्रीकृष्ण पौडेलले शाहको हत्यापछि अभियुक्तहरूलाई लैनचौरको दुग्ध विकास संस्थानअगाडिबाट मोटरसाइकलमा राख्न लगाई खड्कालाई कलंकी पुर्याउन आग्रह गरेपछि उनले अपराधीहरूलाई कलंकी पुर्याएका थिए।शाहको हत्या योजना बनाउने दीपक शाही उर्फबब्बुसँग सर्म्पर्कमा देखिएका दुई प्रहरी नायब उपरीक्षकलाई महानगरीय प्रहरी परिसर काठमाडौंले बयान लिएको छ। डीएसपी अर्जुन चन्द र गणेश चन्दलाई परिसरले बयान लिई खोजिएको समयमा हाजिर हुने भनी कागज गराएर छाडेको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विज्ञानराज शर्माले दुवैलाई छानबिनको दायरामा ल्याएको जानकारी दिनुभयो। प्रहरीका पूर्वडीएसपी जगदीश चन्दलाई पक्राउ गर्न टोली खटाइसकेको जानकारी दिँदै प्रवक्ता शर्माले निजलाई भाग्न सहयोग गर्नेहरूमाथि पनि अनुसन्धान हुने बताउनुभयो।शाहको हत्यालगत्तै प्रहरीको अपराध अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टेलिफोनबाट समेत प्रमुख योजनाकार बब्बु भनिने दीपक शाहीको टेलिफोनमा सर्म्पर्क भएको कल डिटेलमा देखिएपछि प्रहरीले यस विषयमा समेत अनुसन्धान शुरू गरेको छ।
No comments:
Post a Comment