News

Mar 5, 2010

बिग्रदो सुरक्षाको कारण प्रहरी प्रधानमन्त्रीको आरोप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०५ मार्च, २०१०,प्रधानमन्त्री माधवकुमार नेपालले बिग्रदो शान्तिसुरक्षाको कारण प्रहरी संगठन भएको आरोप लगाएका छन् ।'नेपाल फर्मा एक्स्पो- २०१०' को उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री नेपालले प्रहरी सङ्गठनभित्रको समस्या नै हालको शान्तिसुरक्षाको कारक रहेको टिप्पणी गरे । उनले शान्तिसुरक्षाप्रति प्रश्न उठिरहेको बेला नेपाल प्रहरी सङ्गठनमा अझ बढी जाँगरको आवश्यकता रहेकोमा त्यो हुन सकेको छैन् । नेपालका प्रहरी स्वदेश र विदेशमा समेत ख्याति कमाउने दक्ष प्रहरीको कोटीमा परेपनि त्यही दक्षता मुलुकको शान्ति सुरक्षा कायम गर्न कन्जुस्याई गर्न नहुने उनको भनाइ थियो । 'कुनै पनि आपराधिक घटना भएका ठाउँमा दक्ष प्रहरी अधिकृत खटाउँदा अपराधिहरु भागभाग भएका र असक्षम प्रहरी अधिकारी त्यहाँ पुग्दा तिनै अपराधीहरुसँग उठबस गर्ने गरेका पाइएको छ' प्रधानमन्त्रीले भने । उनले दक्षलाई पुरस्कृत र असक्षमलाई दण्डित गर्ने गरी आफ्नो कार्यसम्पादनलाई चुस्त बनाउन नेपाल प्रहरीको नेतृत्वलाई निर्देशन समेत दिए ।

No comments: