News

Mar 4, 2010

पेन्टागनस्थित प्रवेशद्वारमा गोली हानाहान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङटन, फागुन २१,अमेरिकी सेनाको पेन्टागनस्थित मुख्य कार्यालय प्रवेशद्वारमा गोली हानाहान हुँदा दुई जना प्रहरी घाइते भएका छन्। गोली हान्ने एक शंकास्पद व्यक्ति पनि घाइते भएका छन्। घटनापछि पेन्टागनमा 'सेक्युरिटी लकडाउन' गरिएको थियो। रक्षा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी घाइते प्रहरीको अवस्था गम्भीर नरहेको बताएको छ। जवाफी फायरिङमा शंकास्पद व्यक्ति घाइते भएको मन्त्रालयले जनाएको छ। उनी हिरासतमा रहेको स्वीकार गरिए पनि अवस्था अज्ञात रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।गोली स्थानीय समय अनुसार साँझको ६४० (नेपाली समय अनुसार अहिले बिहान साढे पाँच बजेतिर) बजे चलेको अधिकारीहरुले जनाएका छन्।डेनिस रक्षा मन्त्री र अमेरिकी रक्षामन्त्रीले अफगानिस्तानमा सैनिक तैनाथीबारे छलफल गरी फर्केको केही घण्टाभित्र भएको थियो।गोली चलाउनेको पहिचान हुन सकेको छैन।

No comments: