News

Mar 14, 2010

बिशेष अधिवेशन बोलाउन माओवादीले हस्ताक्षर संकलन सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र १ - संसदको बिशेष अधिवेशन बोलाउन माओवादीले सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको छ ।
माओवादी संसदीय दलको कार्यालयमा जारी हस्ताक्षर अभियानमा अध्यक्ष पुष्पकमल दाहाल लगायतका दलका बरिष्ठ नेताहरुको उपस्थिति छ । माओवादीका एक सांसदले सरकारले राम्रो काम गर्न नसकेको, शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै राष्ट्रिय सहमतिको सरकार निर्माणको लागि बिशेष अधिवेशन डाक्न हस्ताक्षर सुरु गरिएको बताए ।
माओवादी श्रोतका अनुसार सम्भव भएसम्म आजै संसद सचिवालयमा हस्ताक्षर बुझाइने छ । बिशेष अधिवेशनमा माओवादीले सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउदैछ ।
अन्तरिम संविधानको धारा ५१ को उपधारा ३ अनुसार व्यवस्थापिका संसदमा तत्काल कामय रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाइ सदस्यले समावेदन गरेमा १५ दिनभित्र बैठक बस्ने गरी बिशेष अधिवेशन बोलाउन सकिने प्रावधान छ । विशेष अधिवेशनका लागि १ सय ५२ सांसद आवश्यक पर्छ , माओवादीसँग यो संख्या पर्याप्त छ ।
माओवादीले यसअघि नै जिल्ला गएका सांसदहरुलाई राजधानी र्फकन निर्देशन दिइसकेको छ ।

No comments: